| सोमवार, कार्तिक २३, २०८३

लकडाउन गर्नु नपर्ने गरी पूर्व सावधानी अपनाऔ“

अहिले कोरोनाको दोस्रो लहर बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले हरेक चार दिनमा संक्रमितको संख्या दोब्बरका दरले वृद्धि भइरहेको छ । यसबाट केही दिनभित्रै संक्रमितलाई थेग्नै नसक्ने बिकराल अबस्था आउन सक्ने मन्त्रालयले जनाएको छ ।
यस्तै गतिमा संक्रमण फैलदै गएमा सरकारले गतबर्षजस्तै लकडाउन गर्न बाध्य हुनेछ ।

जब लकडाउन हुनेछ, त्यसपछि स्वास्थ्य अबस्था त नाजुक हुने नै छ, आर्थिक, सामाजिक अबस्था समेत कष्टकर हुदै जानेछ ।
त्यसैले आम नागरिकले यो बिकराल अबस्था आउन नदिन स्वतःस्फूर्त रुपमा स्वास्थ्य सावधानी अपनाऔँ । बिकराल अबस्था आउन नदिन पूर्व तयारी गरौँ ।
जब लकडाउन हुनेछ, मान्छेहरु रातारात बेरोजगारी हुनेछन् । सार्वजनिक सवारी साधन बन्द हुनेछ । अनि बेरोजगारीहरु गतबर्षजस्तै राजमार्गमा खालिखुट्टा सयौँ किलोमिटर हिड्नु पर्ने दर्दनाक अबस्था सिर्जना हुनेछ । त्यसैले आम नागरिकले स्वास्थ्य आचार संहिता पालना गरी कोरोना फैलन रोकथाम गर्नु वुद्धिमानी हुनेछ ।

सरकारले पनि गतबर्ष जस्तै सजिलै लकडाउनको उपाय अपनाउनु हुदैन । स्वास्थ्य प्रोटोकल अपनाएर सार्वजनिक सेवा सुचारु हुन दिनुपर्छ । लकडाउन मात्रै कोरोना निराकरण गर्ने निर्विकल्प उपाय हुदै होइन । हेल्थडेस्क, होल्डिङ सेण्टरका बिकल्पहरु छन् । भौतिक(सामाजिक) दुरीमा रहने, सबै साधन, सामग्रीहरु सेनिटाइज्डका बिकल्प छन् । मास्क, फिभर स्क्रिनिङको बिकल्प छन् ।

अन्य नयाँ बिकल्पको खोजी गर्न सकिन्छ ।
तर यी स्वास्थ्य प्रोटोकलको झञ्झटमा नलागेर लकडाउनको हाइसञ्चोको बिकल्प अपनाउनु हितकारी हुनेछैन । यसले बहुआयामिक संकट निम्त्याउनेछ ।
आम नागरिकले पनि यो अबस्था आउन नदिन उच्च सावधानी अपनाउन झञ्झट मान्नु हुदैन ।

प्रतिक्रिया दिनुहोस्