| सोमवार, कार्तिक २३, २०८३

डँडेलो वनमा, निभाउने तालिम होटलमा

अहिले वनमा डँडेलो लगाउने समस्या भयाबह रुपमा बढ्दै गइरहेको छ । तपाई, हाम्रै वरिपरि जहाँतहीँ डँडेलो लागिरहेको छ । डँडेलोले देशभरको वायुमण्डल धुमिलिएको छ । यसले विभिन्न संकट निम्त्याउने अवस्वयंभावी छ ।


जलवायु परिवर्तन र यसको दुश्प्रभाव हामी जो कोहीले देखिरहेका, भोगिरहेका छौँ ।
विशेष वायुमण्डल प्रदुषित छ । विभिन्न रोगव्याधि बढिरहेको छ ।


हिमालमा हिउँ कम परेको छ । पुरानो हिउँ पग्लिदै छ । नयाँ हिउँ थपिएको छैन । जसले गर्दा पहाडमा पानीको मात्र कम हुदै जाने निश्चित छ । खोला नदीमा पानीको प्रबाह कम भइरहेको छ । खोला, खोल्सा, धारा, कुवामा पानीका मुहान सुक्दैछन् । यसले मानव तथा सभ्यता तथा प्राणी जगतको निरन्तरतामा संकट उत्पन्न नगर्ने सम्भावना कति छ ?


तर सरकार मजाक गरिरहन्छ । वन डँडेलो नलगाऔँ । डँडेलो लागेमा निभाऔँ भनेर रेडियो, टिभी, पत्रपत्रिकामा प्रचार प्रसार मात्र गरि रहन्छ । अनि डँडेलो न्यूनिकरण गर्ने, नियन्त्रण गर्ने भनेर सुकिला, मुकिला बटुलेर होटलहरुमा तालिम, प्रशिक्षक आयोजना गरेर सरकार बर्षेनी भद्दा मजाक मात्र गरिरहन्छ ।


डँडेलो निभाउने तालिम लिएर फर्केका सुकिला, मुकिलाहरुले कहिल्यै व्यवहारमा उतारेको रेकर्ड छैन ।


डँडेलो यदि सबैका लागि हानिकारक नै हो भने, नियन्त्रण, न्यूनिकरण नै गर्ने हो भने यस्ता प्रहशन छाडेर नयाँ तरिकाबाट उपायहरु अपनाउनु पर्ने होइन र ?


वन जंगल आसपास बस्ने नागरिकहरुलाई कुनै अत्तोपत्तो हुदैन, तर होटलहरुमा सुकिला मुकिलाहरु बीच डँडेलो निभाउने प्रशिक्षण चलि रहेको हुन्छ । यस्ता ‘कुरीति’, ‘विकृति’ छाडेर अब डँडेलो नियन्त्रण गर्ने व्यवहारिक उपायहरु अपनाऔँ ।

प्रतिक्रिया दिनुहोस्