| सोमवार, कार्तिक २३, २०८३

अर्गानिक गाउँपालिकाः अनुकरणीय अभियान

जिल्लाका दुई पालिकाहरुले अर्गानिक पालिका बनाउने अभियान सुरु गरेका छन् ।
हिमाल पारिरहेको चुमनुब्री गाउँपालिका यसैउसै अर्गानिक गाउँपालिका नै हो । किनभने यहाँ सहरिया हावापानीको प्रभाव छैन । यहाँ सुधारिएको विउको प्रयोग छैन । यहाँ हाइब्रिड(बणर्शंकर) जातिको विउ बिजन प्रयोग भएको छैन । यहाँ जनघनत्व(उपभोक्ता)को चापका कारण अधिक उत्पादन गर्नुपर्ने वाध्यात्मक अबस्था पनि छैन । त्यसैले यहाँ रैथाने जातका विउविजन प्रयोग हुने गर्छ । जैविक, प्रांगारिक मलकै प्रयोग हुन्छ । सो पालिकाले यसबर्ष रासयनिक मल लैजानका लागि कृषि ज्ञानकेन्द्रको सिफारिस लिएन ।


अर्गानिक पालिकाको अभियानमा लागेको अर्को पालिका हो अजीरकोट गाउँपालिका । सडक सञ्जालका हिसाबले सुगम पालिका भए पनि यो पालिकाले यसबर्ष रासयनिक मल लैजानका लागि कृषि ज्ञानकेन्द्रबाट सिफारिस लगेन ।


रासयनिक मल प्रयोग गरेर खेती गरेर भन्दा अर्गानिक(जैविक) खेती गरेर लोकप्रियता कमाउन सकिने, स्वस्थबद्र्धक खाद्यान्न उत्पादन गर्न सकिने पालिकाको लक्ष्य छ । रासयनिक मल, उन्नत विउबिजन प्रयोग गरेर अन्यपालिकाले अधिक उत्पादन गर्न सक्छन्, जति अजीरकोटमा उत्पादन हुन सक्दैन । त्यसैले रासयनिक(अजैविक) खेतीबाट अन्य पालिकासंग प्रतिष्पर्धा नगरी जैविक खेती गरेर अन्य ठाउँसँग प्रतिष्पर्धा गर्न सकिने वुद्धिमता पूर्वक निणर्य अजीरकोट गाउँपालिकाले लिएको छ ।


धेरै उत्पादन गरेर भन्दा गुणस्तरीय उत्पादन गरेर अघि बढ्ने अजीरकोट गाउँपालिकाको अभियान साँच्चै उदाहरणीय छ । यो निणर्यले जनस्वास्थ्यमा लाभदायक प्रभाव पार्छ । यहाँ उत्पादित गुणस्तरीय खाद्यबस्तु अन्यत्र पनि खपत हुन सक्छ ।


त्यसैले अर्गानिक गाउँपालिका बनाउने यी दुई पालिकाको कदम सह्रानीय छ ।

प्रतिक्रिया दिनुहोस्