सुरक्षित भएर होली मनाऔँ, शुभकामना
कोरोना महामारी र त्यसपछि आव्हान गरिएको लकडाउनका कारण गतबर्ष हिन्दू नेपालीहरुले फागु पुणर्िमा(होली) मनाउन पाएनन् । त्यसपछिका झण्डै नौ महिना लकडाउनमै जकडिएर बस्नुपर्यो ।
यसबर्ष पनि जब फागुपुणर्िमा नजिकिदै आयो, कोरोना महामारीले च्याप्दै ल्याएको छ । फेरि दिनहूँ सञ्चारमाध्यमहरुले कोरोना गन्न सुरु गरेका छन् । यसको त्रासका कारण सरकारले होली घरभित्रै सीमित गर्न सूचना जारी गरेको छ ।
बिगत केही बर्षयता हिन्दू नेपालीहरुले होलीलाई भव्यताका साथ मनाउन सुरु गरेका थिए । विभिन्न संघसंस्थाले होलीलाई विशेष बनाउन औपचारिक कार्यक्रमको आयोजना गर्न सुरु गरेका थिए । व्यक्तिगत तबरबाट तथा समूहगत तबरबाट होलीलाई विशेष बनाउँदै लगेको अबस्था थियो । अवाञ्छित गतिविधि परिमार्जन हुदै सभ्य र भव्य रुपमा होली मनाउने परम्परा सुरु हुदै थियो ।
तर बिगतबर्षदेखि होली बिरङ्गी हुन थालेको छ । गतबर्ष पनि बिरङ्गी होली मनाइयो, अहिले पनि सरकारले होलीमा नरङ्गिन आग्रह गरेको छ । सामुहिक रुपमा भेला, जमघट हुन तथा होलीलाई समूहगत रुपमा नमनाउन अपिल गरेको छ ।
एक हिसाबले हेर्दा यो ठिकै पनि हो । पहिले स्वास्थ्य, अनि मात्र अन्य कुरा हुनुपर्छ । बाँचिबसे कैयौँ होली मनाउने अवसर आउला । अटेरी गरे, लापार्बाही गरे पछुताउनु पर्ला वा पछुताउने अवसर समेत नआउला ।
त्यसैले मुटुमाथि ढुंगा राखेर पनि यसपटकको होलीलाई पनि समूहगत रुपमा नमनाऔँ । घरभित्रै, सकेसम्म कम संख्यामा रहेर होली मनाऔँ । सभ्यता प्रदर्शन गरौँ, स्वस्थ रहौँ ।




