महिला मुक्तिको वाधक महिला नेतृ
सोमबार विविध कार्यक्रम गरी विश्वभर महिला दिवश मनाइएको छ । सन १९१० मार्च ८ मा सम्पन्न अन्तर्राष्टिूय महिला सम्मेलनमा गरिएको निणर्यअनुसार त्यस समययता यो दिवस विश्वभर मनाउने गरिन्छ ।
यो बर्ष पनि मनाइएको छ ।
यसदिन विश्वभरका महिलाहरुले महिलाको हक, अधिकारको वाधक पुरुष हुन् भनेर ललकार्ने गर्छन् । के यही मात्र हो त बास्तविकता ?
बास्तविकताका धेरै वुँदाहरुमध्य यो पनि एक हो । तर यो मात्र होइन ।
नेपालको सन्दर्भमा भन्नुपर्दा महिलाहरुलाई पाखा लगाउने काममा कतिपय महिला नै अग्रसर भएको देखिन्छ । यो प्रवृत्ति महिलामा मात्र लागु हुदैन । दलितलाई शोषण गर्ने, दलितको नाममा आएको बजेट चट् पार्नेमा दलित नेता नै देखिन्छन् ।
आदिवासी जनजातिको नाममा आदिवासी जनजातिकै नेताले लुट मच्चाएको देखिन्छ । महिलाको नाममा सीमित महिला नेतृहरु नै उँभो लागिरहेको देखिन्छ । बाँकी महिलाहरु सँधै पिछडिएको पिछडियै । महिलालाई शोषण महिला नेतृहरुले नै गरेको जो कोहीको नजरमा छिप्न सक्दैन ।
त्यसैले सबैभन्दा पहिले महिला मुक्तिका लागि महिला आन्दोलनका अगुवालाई नै पहिचान गर्नुपर्छ ।
उनीहरुको प्रवृत्ति कत्तिको सफेद छ, कत्तिको निश्छल छ, कत्तिको निस्वार्थी छ भनेर पहिचान गर्नुपर्छ । अन्यथा जसरी धुर्त व्वाँसो सिधासाधा बनेर गाईबस्तुको हुलमा पसेर बिस्तारै गाईबस्तुलाई सिध्याउँछ, त्यसरी नै कुत्सित मानसिकताका महिला नेतृहरुले नै महिला आन्दोलनको चरम लाभ लिएर दमित, पिडित महिलाहरुको मुक्तिका लागि भाँजो हालिरहेका हुन्छन् । त्यसैले १११ बर्षदेखि महिला उत्थानको नाममा चलिरहेको आन्दोलन अझै टुङ्गिन नसकेको हो, आम महिलाहरु सँधै आन्दोलनै गरिरहनु पर्ने अबस्थामा रहेका हुन् ।




