| सोमवार, कार्तिक २३, २०८३

किन भए एकै गाउँमा यति धेरै दृष्टिबिहिन ?

आरुघाट गाउँपालिका वडा नं. ३ साबिक थुमी गाविसको स्वाँरा गाउँमा १४ जना दृष्टिबिहिन छन् । एउटै घरमा दुईजना, तीनजनासम्म दृष्टिबिहिन छन् ।


एउटै गाउँमा यतिधेरै दृष्टिबिहिन किन भए ? खोजीको विषय बन्नु पर्छ । गतबर्ष सो गाउँमा आँखा उपचार शिविरको क्रममा पुगेका आँखा रोग विशेषज्ञहरुले वंशानुगत समस्या भएको निश्कर्ष निकालेका थिए । तर अहिलेसम्म सबैभन्दा जेठा दृष्टिबिहिन ३८ बर्षका छन् ।
त्यसअघि कोही पनि दृष्टिबिहिन नभएको ठाउँमा बिगत ३० बर्षयता मात्रै किन धेरै दृष्टिबिहिनहरु थपिए ? सोधखोजको बिषय बनेको छ ।


स्थानीयबासीमा भ्रम छ कि, यहाँको घरमा बच्चा जन्माइयो भने दृष्टिबिहिन हुन्छन् । त्यसैले श्रीमती सुत्केरी हुने बेला भएपछि उनका परिबारले काठमाडौँ, पोखरा, माइत, मामाघर वा अन्यत्र लगेर सुत्केरी गराउनु पर्छ भन्ने छाप उनीहरुमा परिसकेको छ । यद्यपि यो तथ्यहिन तर्क हो ।
अध्ययन, अनुसन्धानका लागि धेरैले नयाँनयाँ बिषय खोजिरहेका छन् । त्यस्ता समूहले गोरखाको यो ठाउँ पुगेर किन यतिधेरै दृष्टिबिहिन भएका हुन् भन्ने बारे तथ्य पत्ता लगाउनु पर्छ । त्यसका लागि पढेलेखेका स्थानीयबासी वा उनीहरुले चिनेजानेका विद्वत समुदायले खोज, अनुसन्धान गर्नुपर्छ ।


ठूलो संख्यामा दृष्टिबिहिन भएको स्वाँरा गाउँको भौतिक पूर्वाधार भने दृष्टिबिहिनमैत्री छैनन् । गाउँभित्र हिड्ने गल्ली दृष्टिबिहिनमैत्री छैन । दृष्टिबिहिन विद्यार्थी बस्ने छात्रवास दृष्टिबिहिनमैत्री छैनन् । विद्यार्थीलाई भनेर सरकारले दिएको मासिक चारहजारमध्य अरु रकम खाद्यान्नमा र नगद पाँचसय रुपैयाँ व्यक्तिव्यक्तिलाई दिनुपर्नेमा त्यसो भएको छैन ।
यस्ता सबै समस्या समाधान गरी सो गाउँमा दृष्टिबिहिनको संख्या दिनानुदिन बढिरहनुको कारण खोजेर समस्या समाधानको उपाय पनि खोज्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्