| आइतवार, कार्तिक २२, २०८३

आँबुखैरेनीको मस्र्याङ्दी आधारभुत विद्यालयका विद्यार्थीलाई सामग्री बितरण

आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ डिहीको मस्र्याङ्दी आधारभुत विद्यालयका विद्यार्थीलाई जुत्ता र स्टेशनरी सामग्री बितरण गरिएको छ ।

लायन्स क्लव अफ आँबुखैरेनी सिटी र माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ८४ जना विद्यार्थीलाई उक्त सामग्री बितरण गरेको हो ।
आँबुखैरेनी वडा नम्बर ३ मा रहेको दिप इन्टरप्राईजेजको सहयोगमा कक्षा १ देखि ८ सम्मका सपद्यार्थीलाई सोमवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच विद्यार्थीलाई शैक्षिक सामग्री बितरण गरिएको हो ।

एक एक जोर जुत्ता साथमा हरेकलाई एकदर्जन कापी, एक /एक दर्जन पेन्सील बितरण गरिएको लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिब खनालले बताए ।
लायन्स क्लवका अध्यक्ष खनाल, पूर्व अध्यक्ष प्रेमुकार श्रेष्ठ, प्रथम उपाध्यक्ष ऋषि केसी र सहकारीका उपाध्यक्ष रेजिना श्रेष्ठ, कोषाध्यक्ष प्रकाश अधिकारी, सहकारीका शिक्षा समिति संयोजक टनकुमार श्रेष्ठ, ब्यवस्थापक ओमकुमार श्रेष्ठ लगायतको उपस्थिती थियो ।

विद्यालय ब्यवस्थापन समिति अध्यक्ष बिष्णुप्रसाद गौली प्रधानाध्यापक जानकी ज्ञवालीलाई उक्त सामग्री प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्