| आइतवार, कार्तिक २२, २०८३

मित्रता माविकी छात्रालाई लायन्स आँबुखैरेनी सिटीको सहयोग

लायन्स क्लव अफ आँबुखैरेनी सिटीले वडा नम्बर १ सत्रसयको मित्रता माध्यामिक विद्यालयमा पढ्ने छात्रालाई सहयोग गरेको छ । ]

कक्षा १०मा पढ्ने कृपा बिकलाई एक वर्षभरी लाग्ने खर्च, स्टेशनरी र पोशाक लायन्स क्लव अफ आँबुखैरेनी सिटीले उपलब्ध गराउँदै आएको र आईतवार पनि सोही कार्यक्रम अन्र्तगत रकम हस्तान्तरण गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमका बिच क्लवका संस्थापक अध्यक्ष रत्नकुमार श्रेष्ठ र बर्तमान अध्यक्ष शिब खनालले १२ हजार रुपैयाँ सहित स्टेशनरी सामग्री प्रदान गरेका हुन् ।

छात्रा बिकलाई कक्षा ८ पढ्दादेखि लायन्स क्लवले वार्षिक खर्च ब्यहोर्दै आएको अध्यक्ष खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्