| सोमवार, कार्तिक २३, २०८३

बैंकबाट भत्ता निरन्तरता होस्

गोरखा नगरपालिकाले चालु चौमासिक देखि सामाजिक सुरक्षा भत्ता बापतको रकम बैंकबाट दिने निणर्य गरेको छ । यस अघि पटक(पटक स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता बैंकबाट दिन निर्देशन, परिपत्र गरेपनि अधिकासंले ब्यवाहारमा लागु गरेका थिएनन् । दुर्गमका गाउँ पालिकालाई बैंकबाट भत्ता दिने प्रणाली लागु गर्न सहज पनि थिएन । त्यसो त सहज छैन भन्दै हातहातमा भत्ता दिँदा राज्यकोषको रकम दुरुपयोग भएको, पाउनुपर्ने सबैले नपाएको, कतिपय वृद्धवृद्धाले पाउने रकम आफुले खर्च गर्न नपाएको जस्ता गुनासो आईरहन्छ ।


गोरखा नगरपालिकाले आफ्नो सेवा क्षेत्र भित्र रहेका बिभिन्न बैंक सँगको सहकार्यमा वडापिच्छे फरक/फरक बैंक तोकेर भत्ता बितरणको निणर्य गरेको छ । अब कुन वडामा कति जना सामाजिक सुरक्षा भत्ता लिनेहरु छन् भन्ने तथ्याङ्क नगरपालिका, वडाले बैंकलाई पठाउँछ । बैंकले भत्ता पाउने ब्यक्तिको खाता खोल्ने र नगरपालिकाले पठाएपछि संम्बन्धित ब्यक्तिको खातामा रकम जम्मा गरिदिन्छ । चाहिएको बेला भत्ता पाउने सुचीमा रहेका नागरिकले झिकेर खर्च गर्न सक्छन् । यसरी बैंकबाट भत्ता बितरण गर्दा परदर्शिता हुने, कर्मचारीलाई हातहातमा भत्ता बितरणको झन्झट नहुने, मानसिक तनाब पनि कम हुन्छ ।

बैंक सम्मा जान नसक्नेहरुको हकमा इच्छाइएको ब्यक्तिलाई पठाउने गरी बैंक संग नगरपालिकाले सम्झौता गरेको छ । बैंक मार्फत बितरण गर्दा वृद्धवृद्धालाई समस्या हुन्छ भन्नु अपरादर्शीतालाई प्रसय गर्नु हो । तर यसो भन्दैमा बैंकको पहुँचमा नरहेकालाई सहज सुविधा दिने दायित्वबाट पनि नगरपालिका बिमुख हुनु हुँदैन । यसले कार्यालय, कर्मचारी, जनप्रनिनिधिलाई आर्थिक रुपमा पारदर्शी र सामाजिक रुपमा उत्तरदायि पनि बनाउँछ । यस्ता काम सुरु हुने मात्र होईन, निरन्तरतामा पनि जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्