| सोमवार, कार्तिक २३, २०८३

डँडेलो रोकथाम गर

गोरखाको धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, बारपाक सुलीकोट गाउँपालिका र अजीरकोट गाउँपालिकाको लेकलेकमा अहिले जताततै डँडेलो लागिरहेको छ । पुराना घाँस डढाएर नयाँ घाँसका लागि तथा गोठ र खर्क वरिपरिको झाडी नष्ट गर्न भन्दै लेकतिर डँडेलो लगाउन थालिएको छ ।
डँडेलो लगाउँदा केही फाइदा होला, तर धेरै बेफाइदा हुन्छन् ।


डँडेलो लगाउँदा अमूल्य तथा बहुमूल्य जडिबुटी नष्ट हुन्छन् । डँडेलो लगाउँदा अथाह वनसम्पदा नष्ट हुन्छन् । जैविक विविधता नष्ट हुन्छन् । वनपाखाका बोटबिरुवा स्वाहा हुन्छन् । हजारौँ, लाखौँ वन्यजन्तुको जीवन तथा बासस्थान नष्ट हुन्छन् ।


डँडेलो भनेको विनाशको स्रोत हो । यसले के मात्र नाश गर्छ भन्ने कुनै सीमा हुदैन ।
होइन वनमा डँडेलो लगाउँदा गाउँ समेत सुरक्षित हुदैनन् । डँडेलोको आकार, साइज र सीमा निश्चित हुदैन । यसबाट मानव बस्तीसमेत खतम गर्न सक्छ । त्यतिमात्र होइन, डँडेलोले वातावरण प्रदुषित हुन्छ । जताततै डँडेलो लगाउन भयावश र जटिल प्राकृतिक संकट आउन सक्छ । त्यसैले डँडेलो लगाउनु हुदैन । डँडेलो लगाउन दिनु हुदैन ।

अत्यन्तै रचनात्मक काममा तल्लीन रहेको धार्चे गाउँपालिका अहिले डँडेलोको प्रकोपमा छ । प्राय सबै वडाका लेकहरुमा डँडेलो सल्किएको छ । मानवबस्ती भन्दा पर रहेका लेकमा लागेको डँडेलो नियन्त्रण गर्न पालिका सक्षम छैन ।

नेपाल मात्र होइन, अष्टूेलिया, क्यालिफोर्निया पनि डँडेलोको जटिल समस्या देखा परेको इतिहास छ । यो नियन्त्रण गर्न कठिन हुन्छ । त्यसैले डँडेलो लागेपछि नियन्त्रण गर्नुभन्दा डँडेलो लाग्नै नदिनु वुद्धिमानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्