
ओली समूहको बैठकमा बादल, उपाध्यक्ष बनाउने तयारी
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपाको केपी शर्मा ओली (समूह) को केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।
आजको केन्द्रीय समिति बैठकअघि पनि बादलले प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका थिए। पूर्वमाओवादीका बादल प्रचण्ड-नेपाल समूहमा नगई आफूतिर आएपछि ओलीले उनलाई आफ्नो समूहको उपाध्यक्ष बनाउन लागेको स्रोतले बताएको छ।




