| सोमवार, कार्तिक २३, २०८३

सीमानामा यथासीघ्र बिओपी स्थापना गर

सरकारले हालै गोरखाको दुईवटा नाकामा बोर्डर आउटपोष्ट(बिओपी) स्थापना गर्ने निणर्य गरेको छ । चुमनुब्री गाउँपालिका १ को लार्केबाबु र वडा नं. ७ को सेमोङमा बिओपी स्थापना गर्ने निणर्य गरेको हो ।

प्रत्येक बिओपीमा ३५ जनादेखि ५० जनासम्म सशस्त्र प्रहरी टोली राख्ने निणर्य भएको हो ।
सो टोलीले नेपाल र चीन बीचको सीमानामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने विश्वास गरिएको छ । सीमा सुरक्षा गर्ने, सीमा हुदै हुने गरेका अवैध ओसारपसार रोक्ने, अवैध आवतजावत रोक्ने आदि काम बिओपीले गर्ने विश्वास लिइएको छ ।

बिओपी स्थापना गर्ने सरकारले निणर्य गरेपनि भौतिक पूर्वाधार भने तयार भएको छैन । करिब ३८०० मिटरभन्दा अग्लो स्थानमा रहेका यी दुई ठाउँमा सशस्त्र प्रहरी बस्नु सहज छैन । यी ठाउँमा हिउँदभरि हिउँ भरिन्छ ।

पक्की संरचना बनाउन अहिले हाल सरकारले सक्दैन अस्थायी संरचनाभित्र प्रहरी बस्न सक्दैन । त्यसैले बिओपी राख्ने निणर्य हुदैमा खुशी भइहाल्नु पर्ने अबस्था छैन ।
सरकारले पहिलो चरणमा बिओपी राख्ने काम सम्पन्न गरिसकेको छ । अब दोस्रो चरणको बिओपी स्थापना गर्ने चरणमा गोरखामा पनि बिओपी स्थापना हुनेछ । तर यो चरण कहिले आउँछ ? थाहा छैन । दोस्रो चरणको बिओपी स्थापना कार्य पनि यथासीघ्र होओस् ।

तिब्बती सीमामा बिओपी स्थापना भएको बर्षौँ भइसक्यो । तर नेपाली सीमा निरिह छ । चिनियाँ सीमा क्षेत्र मिचिने गरेको छैन, सुरक्षित छ, तथापि सरकारको उपस्थिति त हुनुपर्छ नै । राज्यको अभिभावकत्व त हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्