| सोमवार, कार्तिक २३, २०८३

धार्चेमा पर्यटन विकास सम्भावना प्रचुर

रचनात्मक, सिर्जनात्मक कार्यक्रमहरु गर्नेपालिकाहरुमध्य धार्चे गाउँपालिका सबैभन्दा अघि छ । यसमा दोराय छैन । गाउँपालिकाका प्रमुखको सोच, लगन पनि नयाँ नयाँ कार्यक्रमहरु गर्नेतिर देखिन्छ ।

उनले सोचेका, लन्च गरेका कतिपय कार्यक्रमहरु धेरै दूरगामी प्रभाव राख्ने खालका पनि छन्, कतिपय कार्यक्रम क्षणिक, कलेबरी कार्यक्रम पनि छन् ।
हालै क्यानोनिङ, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, फिसिङ, इपिसेन्टर टूेकिङ टूेल, इपिसेण्टर साइकल मार्ग आदि उद्घाटन गरेका छन् । गुप्सीमा जीपलाइन, यमगाउँ, लप्सीबोटमा गोठाला पार्कको चर्चा चलिरहेको छ ।

पर्यटनसम्बन्धी धेरै इभेण्टहरु गरेको धार्चे गाउँपालिकालाई हालै नेपाल पर्यटन बोर्डको पहलमा आइएमटिए(इन्टरनेशनल माउण्ट टुरिज्म एलायन्स)मा समाहित गरिएको छ । अब धार्चेले ६० वटा देशसंग पर्यटन सम्बन्धी सहकार्य गर्ने विश्वास छ । पालिकास्तरको निकायलाई यसमा समाहित गरेको विश्वमै पहिलो रेकर्ड हो ।

आउँदो माघको १५ गते तातोपानीमा आयोजना गरिने मितिनी मेलामा यी सबै इभेण्टहरु आयोजना हुनेछन् । मेलामा मात्र होइन, यी इभेण्टहरुलाई व्यवसायिक रुपमा सञ्चालन गर्ने पालिकाको लक्ष्य छ ।
कार्यक्रम धेरै महत्वांक्षी छन् । अहिलेका युवा, युवतीहरुमा रोजगारीको ठूलो भोक छ । यहाँ रोजगारी पाइन्छ कि, त्यहाँ पाइन्छ कि भनेर चाहर्नेहरुको भीड छ । अब पालिकाले यी सबै इभेण्टलाई व्यवसायमा रुपान्तर गर्ने प्रयास गरोस् । नवयुवा पिँढीलाई पालिकाभित्रै सो सम्बन्धी व्यवसाय गरेर जीविका चलाउन सक्ने बनाओस् ।

लाप्राक, सिङ्ला, लापु लगायतका गाउँमा पर्यटन सम्बन्धी पेशा, व्यवसाय गर्नेको संख्या उल्लेख्य छ । कतिपयको टूाभल, टुर तथा टूेकिङ कम्पनीहरु छन् । कतिपय गाइड, कुक, शेर्पा, भरिया आदि छन् । टूाभल, टुर तथा टूेकिङ कम्पनी भएकाहरुले पर्यटकलाई आफ्नै गाउँमा ल्याउन सके यहाँ पर्यटन व्यवसाय फस्टाउनेछ ।

प्रतिक्रिया दिनुहोस्