| सोमवार, कार्तिक २३, २०८३

भोलीदेखि चिकित्सकहरुले आकस्मिक र कोभिड- १९ बाहेकका सेवा बहिष्कार गर्ने

नेपाल चिकित्सक संघले आइतबार (असोज २५ गते) देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक र कोभिड- १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९ औं आमरण अनसनमा बसेका डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरूमा कोभिड १९ र आकस्मिक सेवा बाहेकका सबै सेवा बहिष्कार गर्ने संघले बताएको छ। 

संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताए।

आमरण अनसनमा रहेका डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नभएकाले आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बन्द गर्न आफूहरू बाध्य भएको पनि उनले बताए।

सरकार गम्भीर पनि नहुने र वार्ता एवं सम्वादलाई औपचारिकतामा मात्रै सीमित गरिएको भन्दै संघले गम्भीर आपत्ति समेत प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्