
जहाँ हुनुहुन्छ त्याँही दशैँ मनाउनुहोस् : स्वास्थ्य मन्त्रालय
कोरोना महामारीका कारण यो दसैँमा जो जहाँ छ त्यही बसेर दसैँ मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। पछिल्लो समय दशैँ नजिकँदै गर्दा र मानिसको चहलपहल बढ्दै जाँदा कोरोना संक्रमितको संख्या पनि बढेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
शहरबाट चाडबाड मनाउन गाउँ गाउँ फर्कने क्रम सुरु भईसकेको छ । चाडबाडमा धेरै ठाउँ नजान, आफ्नै परिवार भित्र मनाउन पनि चिकित्सकले आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सनयमित प्रेस ब्रिफिङ गर्दै यस्तो आग्रह गरेका हुन्।
अहिलेसम्म ८६ हजार ८ सय २३ जनामा संक्रमण भएको छ भने ५ सय ३५ जनाको मृत्यु भएको छ।




