
उपत्यकामा ६ सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण
कोभिड–१९ को संक्रमण पछिल्ला दिनमा बढी देखिन थालेको छ। संक्रमणको उपचारमा अग्रपंक्तिमा रहेर खटिनुपर्नेभएकाले स्वास्थ्यकर्मीमा संक्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।
स्वास्थ्यकर्मी संक्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६ सय भन्दा बढीमा संक्रमण देखिएको छ। सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका १ सय ५० जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ। त्यस्तै वीर अस्पतालमा १ सय १५ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठजनामा संक्रमण देखिएको छ।




