धार्चेको ‘गोठालापार्क’ नामै काफी
धार्चे गाउँपालिकाले भूकम्पमा परी ज्यान गुमाउने गोठालाहरुको स्मरणमा गोठाला पार्क बनाउने भएको छ । धार्चे गाउँपालिका ५ लप्सीबोट र यमगाउँको बीचतिर पर्ने देउरालीमा गोठालाहरुको शालिकसहितको गोठाला पार्क बनाउन लागेको हो ।
भूकम्पबाट धेरै ठाउँमा धेरै मान्छेले ज्यूज्यान गुमाए । तर धार्चे गाउँपालिकाले सुरु गरेको यो सानो कार्यक्रम भइकन पनि धेरै महत्वपूणर् कार्यक्रम हो । भूकम्पमा परी ज्यान गुमाउने गोठालाहरुको सम्मान पनि हुन्छ, संगसंगै पर्यटन विकासका लागि यो पार्क नामै काफी छ ।
गोठालापार्कमा भूकम्पमा परी ज्यान गुमाउने गोठालाहरुको शालिक निर्माण गर्ने गाउँपालिकाको लक्ष्य छ । तर बजेट अभावका कारण हाललाई गोठालाको सांकेतिक शालिक मात्र रहनेछन् ।
यो निर्माण सम्पन्न भएपछि गाउँपालिकाको अहिलेका जनप्रतिनिधिले गरेका सम्झन लायक काममध्य यो पनि एक हुनेछ ।
धार्चेबासीले भूकम्पको केन्द्रविन्दू भनेर चुङ्कङलाई दाबी गरिरहेका छन् । त्यसैलाई बल पुग्नेगरी धार्चे गाउँपालिकाले गुप्सीभञ्ज्याङको भकारीचौतारादेखि चुङकङ हुदै गोठालापार्कसम्म इपिसेण्टर टूेकिङ टूेल बनाइरहेको छ ।
यी दुवै काम निकै वुद्धिमतापूणर् छ । भूकम्पको केन्द्रविन्दू भनेर स्थापित बारपाक हो तर यसलाई चलाख्याईपूर्वक लाप्राकीले सम्मानसंगै पर्यटन विकासका लागि जोड्ने प्रयास गर्यो । यो काम रचनात्मक, सिर्जनात्मक र प्रसंसनीय छ ।
गाउँपालिकाको आव्हानमा सो कामका लागि युएनडिपी, नेपाल पर्यटन बोर्ड, राष्टिूय पुनर्निर्मााण प्राधिकरणले पनि सघाएका छन् । यो योजनाका लागि ३७ लाख रुपैयाँ जुटाइसकेको छ । अब गाउँपालिकाले पनि थपथाप गर्ने, अन्य सहयोगीहरु गुहार्ने योजना बनाएको छ ।
गाउँपालिकाको यो योजना प्रसंसनीय, अनुकरणीय छ ।




