| सोमवार, कार्तिक २३, २०८३

जनतालाई विकासको आशा मात्र नदेखाऊ

‘गरिबलाई दिन्छु नभन्नू …’ भन्ने नेपाली उखान छ ।

२०७५ सालको जेठ २० गतेदेखि असार चार गतेसम्म १५ दिन खर्च गरेर बारपाक सुलीकोट गाउँपालिका ७ को बाहुनबेशी र आरुघाट गाउँपालिकाको लाँकुरे जोड्ने स्थुलखोलामाथि मोटरेबल पुलको डिपिआर तयार भयो । अब तत्काल पुल निर्माण प्रक्रिया सुरु हुन्छ भनेर स्थानीयबासीलाई आश्वासन बाँडियो । तर डिपिआर तयार गरेको दुई बर्ष बितिसक्दा निर्माण प्रक्रियाको सुरुवात भएको छैन ।

डिपिआर भएपछि त्यही आधारमा ठेक्का आव्हान हुनुपर्ने हो तर प्रक्रिया एक कदम पनि अघि बढेको छैन । डिपिआरको काम गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयले गरेकाले निर्माणको काम पनि सोही कार्यालयले सञ्चालन गर्ने हो । तर त्यसपछिका दिनमा सो कार्यालयले सो काम बिर्सिरहेको अबस्था छ ।

अहिले पूर्वाधार विकास कार्यालय गोरखामा स्थापना भएको छ । यसअघि लम्जुङस्थित कार्यालयले डिपिआर बनाएको हो ।
विकासका भोका देशका जनतालाई विकास दिउँला भनेर आशामा झुलाउनु भन्दा बरु आशै नदेखाएको बेस ।

गाउँमा धेरै पूर्वाधारका काम गर्नुपर्ने अबस्था छ । विजुली छैन, भएका ठाउँमा पनि पक्की संरचना छैन । खानेपानी छैन भएको ठाउँमा पनि पर्याप्त छैन । स्वास्थ्य चौकी छैन, भए पनि औषधी, दक्ष जनशक्ति छैन । विद्यालय छैन, भए पनि गुणस्तरीय शिक्षा छैन । सडक छैन, भए पनि जीणर् छ, स्तरोन्नति भएको छैन, आदि इत्यादि ।

त्यसैले धेरै भन्दा धेरै पूर्वाधार विकास चाहेका गाउँबस्तीमा धेरै काम गर्नुपर्ने छ । यसप्रति सरकार प्रतिवद्ध बनोस् । चुनावमा गर्छु भनेर प्रतिवद्धता गरेका सबै काम गर्न नसकेपछि यथासक्य गरोस् ।

प्रतिक्रिया दिनुहोस्