कोरोना फेरि बढ्न थाल्यो, सजग रहौं
केहीदिनअघिसम्म कोरोना देशभर कोरोना संक्रमण घट्दै थियो । चारअंकले बढिरहेको संक्रमितको संख्या दुई अंकमा आइपुगेपछि आम नेपाली खुशी थिए ।
तर अहिले कोरोना बढ्दै गएको छ । अहिले दैनिकजसो दुईसय, तीनसय, चारसयका दरले बढ्न थालेको छ ।
लगालग केहीदिनसम्म संक्रमितको सूचीमा गोरखा परेन । आइसोलेशन रित्तिदैरित्तिदै एकजनामा आइपुग्दा गोरखाबासीले ठूलो सास फेरेका थिए । तर अहिले फेरि संख्या बढ्न थालेको छ । बिहिबार एकैदिन सात जनामा कोरोना देखियो । तीमध्य चारजना क्वारेण्टाइनका तीनजना समुदायका हुन् ।
लक्ष्मीबजारकी व्युटिपार्लर सञ्चालिकामा कोरोना देखियो । उनको टूाभल हिस्टूी हेर्दा विदेशबाट आएको नभै समुदायमै रहेको देखिन्छ । उनमा कोरोना भाइरस पैदा भएको त होइन, कहीँबाट सर्यो । कहाँबाट कसरी सर्यो ? यसबाट पक्कै समुदायमा कोरोना छ भन्ने अनुमान हुन्छ । त्यसैगरी कन्ट्याक टूेसिङ गर्दा उनीबाट सेवा लिएका, उनका आफन्तजनमा पनि कोरोना देखियो ।
समुदायमा कोरोना देखिनुचाहिँ खतराको संकेत हो । विदेशबाट आएर क्वारेण्टाइनमा बसेकामा कोरोना भाइरस देखिँदा, नेपाल अथवा गोरखाको समुदायमा कोरोना फैलिएको जनाउँदैन । तर समुदायमा देखिँदा समुदायमा जोखिम बढ्छ ।
आरुघाटमा पनि त्यस्तै अशुभ संकेत देखिएको छ । भारत वा अन्य देशबाट सिधै क्वारेण्टाइनमा जानुपर्नेमा एकजना भारतीय सेनामा कार्यरत पुरुष सिधै घरमा गए, दुई दिन बसे । अनि बल्ल क्वारेण्टाइनमा गएकामा कोरोना देखियो । जुन दुखद छ ।
अब कोरोनासँग जोगिनु अत्यावश्यक छ । कामकुरो छोडेर बस्नुपर्छ भन्ने होइन, तथापि स्वास्थ्य तथा सरसफाइको विधि अपनाएर, सामाजिक दुरी कायम गरेर मात्र बाहिर निस्कनु अहिलेको अबस्था हो ।




