| सोमवार, कार्तिक २३, २०८३

सरकारको आग्रह अवज्ञा गर्छन् वैँकहरु

भूकम्पपछि नीजि आवास पुनर्निर्माणका लागि सहुलियत व्याजमा कर्जा प्रवाह गर्न सरकारले वैकलाई आग्रह गर्‍यो । एक पटक मात्र होइन, बारम्बार आग्रह गर्यो । तर वैँकले टेर्दै टेरेनन् । भूकम्प पीडितलाई निजी आवास पुनर्निर्माणका लागि सरकारले दिने तीनलाख रुपैयाँका लिन सुन्य रकममा वचत खाता खोलेर रकम दिन गरेको आग्रह पनि अवज्ञा गरे । कतिपय वैँकहरुले तीनलाख झिक्ने खातामा पनि एकहजार रुपैयाँ अड्काएर राखिदिए । बिपतमा परेकालाई सहुलियत दिने जिम्मेवारीबाट पन्छिएर भूकम्प पीडितको राहतमा पनि बिजनेश गरे ।

कोरोना महामारीका र यसका कारण आव्हान गरिएको लकडाउनका कारण जताततै क्षतविक्षेत भएको छ । आर्थिक अबस्था सबैभन्दा बढि तहसनहस भएको छ । व्यापारी, व्यवसायीहरुले काम गर्न पाएका छैनन् जसले गर्दा वैकबाट लिएको कर्जाको किस्ता तिर्न सक्ने अबस्था छैन । यस्तो बेला सामाजिक उत्तरदायित्व अन्तर्गत व्याज मिनाह गर्न वा घटाउन सरकारले आग्रह गरेको छ । उद्योग वाणिज्य संघ तथा च्याम्बर अफ कमर्श लगायतका छाता संस्थाहरुले व्याज मिनाह गरिदिन वा कम गरिदिन बारम्बार अनुरोध गरिरहेका छन् । तर वैकले कानमा तेल हालेर बसिरहेको छ ।

अहिले व्यवसायीले व्यवासय गर्न पाएका छैनन् । कमाएर तिरुँला भनेर लिएको कर्जा तिर्न नसकेर ठूला ऋणीहरु समस्यामा छन् । तर यस्तो सम्वेदनशील अबस्थामा पनि वैँकले मानवीय संवेदना सुनेको छैन । सरकारको आग्रह पनि नटेरी र मानवीय संवेदना पनि नसुनी वैँक बसेको छ ।

प्रतिक्रिया दिनुहोस्