
नेपालमा कहिलेसम्म बन्द गर्ने विद्यालय ?

सन्तोष अधिकारी :
अप्रिल १५ बाट डेनमार्कले बिद्यालय पुन सञ्चालनमा ल्यायो । माहामारी कै वीचमा युरोपमा सबै भन्दा पहिला पढाई सुचारु गर्ने देश डेनमार्क नै हो । यहि देशलाई पछयाउदै मे ११ बाट फ्रान्सले सुरु गरयो । क्रमशः इटली, स्पेन, जर्मन, नर्बे लगायतले डेनमार्क मोडल लाई पछयाउदै कुनैले मन्टेश्वरी तह बाट त कसैले माथिल्लो ग्रेड बाट बिद्यालय सुुचारु गरेका छन । यसमा बुझनु पर्ने कुरा के हो भने उनीहरुले भौतिक दुरी कायम र पुर्ण सचेतना भने अपनाएका छन । विद्यालय सुचारु गरेपछि संक्रमणको दर नबढेको पनि युरोपियन देशहरुले उल्ेलख गरि सकेका छन । माहामारी कै वीचमा युरोपियान देशले “ओपन स्कुल फस्र्ट” को निती अख्तियार गर्न पछाडीका केहि बैज्ञानिक र ब्यवहारीक कारण हरु छन । जुन नेपालका लागि पनि उपयोगि र सोचनिय विषय हुन सक्छ ।
कारण १ः अहिलेको माहामारी बाट सबै भन्दा कोहि कम प्रभावित भएका छन भने ती बालबालिका नै हुन । यो यथार्थता लाई विश्व स्वस्थ्य संगठन र बिभिन्न अनुसन्धानले पनि प्रमाणित गरेको छ । अमेरीका स्थित जोन हप्कीन्स हेल्थ रिसर्च सेन्टरले गरेको नमुना सर्बेक्षणमा पनि १ देखि १४ बर्ष उमेर समुहका बालबालिकामा कोरोनाको असर अति कम परेको उल्लेख गरिएको छ ।
यसै तथ्य लाई पुष्टी गर्ने गरी डेनमार्क स्थित आरहुस युनिभर्सिटी हस्पिटलका एसोसिएट प्रोफेसर क्रिष्टिीयान वेज्सीले १९ बर्ष मुनिका बालबालिका कोभिड १९ को असर का कारण खाशै अस्पताल भर्ना नभएको बताएका छन । “बालबालिकामा अति कम असर देखिएको छ, अस्पताल भर्ना हुनेको संख्या नगण्य छ , त्यसैले डेनमार्कले स्कुल पुन संञ्चालन गर्न ढिला गरेन ” प्रोफेसर वेज्सीले इण्डियान एक्सप्रेस संग भनेका छन “पुंर्ण सजगता र सचेतताका साथ बिद्यालय खोल्न किन ढिलाई गर्ने ।” हो यिनै भरपर्दो बैज्ञानिक तथ्य र प्रमाणका आधारमा आज बिकसित देशले बालबालिकाको पठनपाठन लाई प्रभावित गर्न चाहेनन ।
हाम्रोमा जस्तो जीवन भन्दा पढाई ठुलो होइन भन्ने हठ गरी राखेको भए आज यी देशका बालबालिका पनि एउटा ब्यवहारीक उदेश्यका लागि गरीएको लकडाउनको शिकार भएर बिद्यालय जान बाट बञ्चित हुने थिए ।
वास्तवमा समय सापेक्ष शिक्षा विनाको जीवन पनि त बर्तमान बिश्वमा अर्थहिन नै हुन्छ । अर्का तर्फ असर नै कम देखिएको बालबालिकाको समुह लाई बिनाकारण पढन पाउनु पर्ने उनीहरुको अधिकार बाट बिमुख गर्नु पनि त न्याय संगत हुदैन्थ्यो । जसलाई उनीहरुले मनन गरेका छन ।
कारण २ः महामारी र बालमनोविज्ञान संग सम्बन्धित छ । युरोपियनहरु आउदो भावी पुस्ता अहिलेको भन्दा स्मार्ट र एडभान्स बन्नु पर्छ भन्नेमा विश्वास राख्छन । त्यसका लागि खोज अनुसन्धान मुलक शिक्षा नै अहिेलेका बालबालिकाको लागि आवश्यकता हो । अनि यस्तो प्रकृतीको महामारी बिगतमा पनि पटक पटक देखिएको थियो र आगामी दिनमा पनि आउनेमा आशंका छैन । अहिलेका बालबालिकाको मानसिकतामा महामारी संग जुध्ने अस्त्र बन्दाबन्दी र कडाई नै हो भन्ने गलत छाप नपरोस भन्ने चाहन्छन विकसित देशहरु । बाल मस्तिष्कमा परेको सहि या गलत प्रभाव हटाउन कठिन हुन्छ ।
तसर्थ यस्ता संकट संग जुध्न पश्चागामी प्रबृत्तीको बन्दाबन्दी होइन कि बैज्ञानिक खोज बाट पत्ता लाग्ने भ्याक्सिन बाट मात्र सम्भव छ भन्ने ज्ञान बालबालिकाले लिन सकुन । न कि भविश्यमा आउने यस्ता समस्याको हल गर्ने नाउमा फेरी यस्तै विधी अबलम्बन नगरियोस । हो युरोपियन यस्तै चाहन्छन । लकडाउन सामाजिक दुरी कायम गर्न अपनाइएको ब्यवहारीक अभ्यास मात्र हो ।
यो बैज्ञानिक उपाय होइन । यसर्थ बालबालिकाले अप्रमाणित यो शैली लाई बैज्ञानिक बिधी नमानुन र खोज अनुसन्धान छोडेर भोलीका दिनमा यस्तो शैली नअपनाउन । यो उनीहरुको चिन्ताको बिषय थियो । वास्तवमा बिगतमा पनि बिभिन्न समयमा देखिएका माहामारी लाई यस्तो प्रकृतीको बन्दाबन्दीले होइन कि अनुसन्धान बाट पत्ता लागेको औषधी या सचेतनाले निवारण गर्न सफल भएको छ । यसर्थ खोज र अनुसन्धान तर्फ उत्प्रेरित गर्ने शिक्षा बालबालिकाले विद्याँलयमा शिक्षकको सामिप्यतामा नै पाउन सक्छन ।
नेपालले अहिले भनेको अनलाईन तथा डिजिटल पढाई बिकसित देशमा सामान्य अवस्थामा पनि चल्दै आएको हो । तर बालबालिकाले शिक्षक संगको प्रत्यक्ष सम्पर्कमा सिक्ने सिकाईको प्रभावकारीता र दिगोपन को महत्व उनीहरुले राम्रो संग बुझेको देखिन्छ । बर्तमान विश्वमा बिद्यालय शिक्षाको महत्व घटनु भन्दा झन बढदो छ । जसलाई उनीहरुले यो विषम परिस्थितीमा पनि हृदयांगम गरे ।
कारण ३ः आर्थिक र सामाजिक कारण । हो अधिंकांश युरोप, अमेरीका, अष्टे«लिया लगायत देशका अभिभावक काममा ब्यस्त हुन्छन । जसका कारण उनीहरुलाई कार्यालय छोडेर घरमा आफनो बालबच्चा हेरेर बस्ने समय हुदैन । माहामारीका कारण ठप्प अर्थतन्त्र लाई चलायामान बनाउन पनि विस्तारै काममा फर्कनुको विकल्प थिएन । तसर्थ अभिभावकलाई काममा फर्कन बच्चाका कारण कठिन नबनोस भनेर पनि सजगताका साथ युरोपले स्कुल फस्र्टको निती लिएको हो । अनि लामो समय बिद्यालय नगई परिवारमा मात्र सम्पर्क सिमित हुदा बालबालिकाको सामाजिकीकरणको प्रक्रियामा पनि असर नपरोस भन्ने उनीहरु चाहन्थे ।
तर यी सबै आधारको सार भनेको उनीहरुले विश्वास गरेको बैज्ञानिक तथ्य, तथ्यांक र प्रमाण हुन । न हिजो हतार गरेर आपातकाल घोषणा गरे न अहिले भरपर्दाै प्रमाण विना नै स्कुललाई प्रथामिकतामा राखेका हुन ।
अब हामीले पनि बुझनु पर्ने कुरा भनेको लहडमा चल्ने कि बैज्ञानिक तथ्य र प्रमाणमा आधारीत भएर चल्ने भन्ने नै हो ।
नेपालमा किन नखोल्ने बिद्यालय ?
अर्थतन्त्रमा आएको मन्दी त केहि बर्षमा हल हुनसक्ला तर शिक्षामा मन्दी आयो भने देश दशकौ दशक पछि पर्न सक्छ । महामारीको कारण गरिएको लकडाउने ले अहिले नेपालमा ८० लाख भन्दा बढी बिद्यार्थी नियमित पठनपाठन बाट बञ्चित भएका छन ।
भनिएको अनलाईन शिक्षाको प्रभावकारीताको बारेमा धेरै चर्चा गर्ननै परेन । अब हामीले पनि युरोपियनले अपनाएकाृे जस्तै सजगता र सुरक्षा अपनाएर बालबालिका लाई पठनपाठनमा फर्काउने कि जीवन भन्दा शिक्षा ठुलो होइन भन्ने कुतर्क गर्दै उनीहरुलाई पढन बाट बञ्चित गराउने ? त्यो राज्यकै हातमा छ । कोरोना को असर अझ केहि बर्ष रहने बैज्ञानिकहरुले बताई सकेका छन हामी अझ केहि बर्ष बन्द गरेर बालबालिकालाई बिद्यालय पठाउन बाट रोक्न सक्छौं ? या उनीहरुको भविश्य र पढाई प्रति नजरन्दाज गर्न सक्छौं ? उसो भए ढिलै भएपनि अपनाउने पर्ने शैलीलाई समयमै अपनाएर विद्यालय सञ्चालन गर्ने कि नगर्ने ? यो गम्भिर प्रश्न हो ।
बिद्यालयलाई क्वारेन्टिन स्थल बनाएरै राखि राख्ने कि अध्धययन केन्द्र बनाउने समयमै सोचौं । जीवन ठुलो हो भनि राख्दा केहि हजार बिद्यार्थीले यहि बन्दा बन्दीका कारण पढाई छोडे भने या केहिले नतिजा कमजोर आएकै कारण पढाई प्रतिको मानसिकता बदले भने घाटा कसलाई पर्छ ? स्वभाविक रुपमा स्वयं बालबालिका लाई पर्छ अनि देशलाई पनि ।
यस तर्फ हामी किन सोच्दैनौं ? अरुले अपनाउन सकेको सजगता हामी अपनाृउन सक्दैनौ भनेर भोलीका बालबालिकालाई पनि हेया कै भावमा जीउन सिकाउने कि आधुनिक र स्मार्ट बनाउने ? शिक्षा प्रतिको हाम्रा पुर्वजहरुको सांघुरो सोचको शिकार बर्तमान पुस्ता बनि राखेको छ । अहिलेको पुस्ता पनि अनुदार बन्यो भने बांकी विश्व अघि बढी राख्दा हाम्रो भावी पुस्ताको हालत पनि हाम्रो जस्तै हुनेछ । तसर्थ माहामारीको नाममा बाल मनोविज्ञानमा गलत असर नपारौं ।
विद्यालय खोलेपछि पनि संक्रमणको दरमा कुनै असर नपारेकाले युरोप लगायतका बिकसित देशले बिद्यालय संचालनलाई निरन्तरता दिएका हुन । बैज्ञानिक खोज र तथ्यमा आधारीत भएर चल्ने कि लहड र भावनामा बहने समयमै सोचौं । नेपालमा बढेको संंक्रमणको अनपेक्षित दर कडा बन्दाबन्दी कै विचमा हो ।
वास्तविकतामा आधरीत भएर तथ्यहरु विश्लेषण गरौं । विना औचित्य र विना आधार विद्याँलय बन्द गरेर माहामारी रोक्ने उपाय बन्दाबन्दी नै हो भन्ने गलत छाप बालमस्तिष्कमा नपारौं । जव कि भोली आउने यस्ता समस्या रोक्न उनीहरुले यस्तै अप्रमाणित बाटो नअपनाउन ।
लकडाउन लाई लुजडाउन गरेर सबै क्षेत्रलाई सामान्य तर्फ फर्काउन प्रयास गरि राखेका बेला स्कुल बन्द गर्नुको के औचित्य रहला ? के अरु सबै बाहिर निस्कि राख्दा कम असर परेका बालबालिकालाई घरमै थुनेर राख्नु बिज्ञान सम्मत होला ? अझ नेपालको ग्रामिण भेकको चर्चा गर्ने हो भने त विद्यालय नगए पनि एउटै गाउका साथी संगी संग बालबालिका भेटघाट नगरी संगै नखेली घरमै थुनिएर बसेका होलान ? अवश्य छैन्न । उसो भए ती बालबालिकालाई कथित सामाजिक दुरी कायम गराउने नाममा पढन बाट बञ्चित गर्नुको के अर्थ रहला ?
यो सोचनिय बिषय हो । बरु बिद्यालय बाट पाउने सुझाव र शिक्षाले नै दुरदराजका बिद्यार्थी लाई पनि भाईरस संग लडन र सचेतना अपनाउन थप मददत मिल्ने छ । शहरी क्षेत्रमा पढने बिद्यार्थीको हकमा पनि यो लागु हुन्छ ।
सजगता अपनाएर बिद्यालय खोल्न आलटाल गर्नु भनेको बालबालिकाको पढाई प्रति गैर जिम्मेवार बन्नु हो । बजारमा हुलका हुल आवातजावात गर्दा, पसल र सुपर मार्केटमा भिड लाग्दा कारोनाको वास्ता नगर्ने हामीले विद्याँलयलाई मात्र महामारीको इपिसेन्टर देख्नु गलत मानसिकताको उपज हो । अर्का तर्फ अर्थतन्त्रलाई सुचारु गर्न र आम अभिभावकलाई नियमित काममा फर्कन पनि छिटो विद्यालय खोल्नुको विकल्प छैन ।
आम बिद्यार्थीको शैक्षिक स्तरको मापन विद्यालयको पढाईमा निर्भर रहेको हाम्रो जस्तो देशले लामो समय पठनपाठन ठप्प पार्दा स्वतः नतिजा खस्कनेछ । जसका कारण बिद्यार्थीमा नैराश्यता आउन सक्छ । अर्का तर्फ लामो बन्दाबन्दीले शिक्षकमा सिर्जनसिलता घटन सक्ने र त्यसको रिकोभर हुन समय लाग्न सक्छ । तसर्थ क्षणिक स्वार्थ र लहडमा लागेर बिद्यालय बन्द गर्ने पश्चगामी कदमलाई निरन्तरता दिइनु हुदैन ।
युरोपियनले अपनाउन सकेको सामान्य सचेतना हामीले पनि अपनाउन सक्छौं भन्ने उच्च मनोवल निर्माण गरौं । बैज्ञानिक र ब्यवहारीक पक्षको बिश्लेषण गरेर पठनपाठन सञ्चालन गर्नु नै आम बालबालिकाको हितमा हुनेछ । हतारमा निर्णय गरेर उल्टो बाटो अपनाउने प्रबृत्ती शिक्षा क्षेत्रमा पनि फेरी नदोहोरियोस । जुन लकडाउनमा देखिएको छ । खोल्नै पर्ने बिद्यालयलाई अहिले बन्द गरेर अदुरदर्शिता नदेखार्औं । बरु भरपुर सजगता र सचेतना अपनाऊ ।




