| बुधबार, साउन १२, २०८३

गोरखा अस्पतालको ओपिडी सेवा बन्द, सर्वसाधारण बिरामी मर्कामा

चिकित्सकहरुले आव्हान गरेको अस्पतालहरुको ओपीडी सेवा बन्दले गर्दा सर्वसाधारण बिरामी उपचारबाट वञ्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी मंगलबार टिकट नपाएर अलपत्र परेका थिए ।
नारायणी अस्पताल वीरगञ्जमा डाक्टर प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा मंगलबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् । उनीहरुले देशभर आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । त्यसैले देशभरका कुनै पनि सरकारी अस्पतालहरुमा मंगलबार ओपीडीमा बिरामी जाँच तथा उपचार सेवा सञ्चालन हुन सकेन ।

ओपीडी टिकट लिने ठाउँमा सेवा बन्दको सूचना टाँसिएको थियो । स्वास्थ्य जस्तो अत्यावश्यक क्षेत्रमा सेवा बन्द हुँदा सर्वसाधारण बिरामी मंगलबार मर्कामा परेका थिए । गोरखा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट शम्भु अधिकारीले चिकित्सकहरुको विरोधका कारण अनुसार ओपीडी सेवा बन्द भएको जानकारी दिए । देशव्याापी विरोध आव्हानको कार्यक्रमलाई गोरखा अस्पतालका चिकित्सकहरुले पनि ऐक्यवद्धता जनाएका उनले बताए ।

‘नेपाल मेडिकल एशोसिएशनको आह्वानमा ऐक्यवद्धता जनाउँदै मंगलबार ओपिडी सेवा बन्द गर्यौ’, डा. अधिकारीले भने, ‘अस्पतालमा आएका जटिल खालका बिरामीलाई इमर्जेन्सीमा राखेर सेवा दियौँ ।’ उनका अनुसार डाक्टरहरूले नै ओपीडी टिकट नकाट्नु बिरामी हेर्दैनौं भनेपछि ओपिड सेवा बन्द गरिएको थियो भने प्रशासनिक कामहरु भने सुचारु थियो । यसैबीच गोरखा अस्पतालका चिकित्सकहरुले संयुक्त विज्ञप्ति जारी गरी घटनाका दोषीहरुलाई कारबाही गर्न र पिडित चिकित्सकलाई न्याय दिन माग गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गरी उनीहरुले गत साउन १० गते नारायणी अस्पतालमा ड्युटीमा रहेको अवस्थामा डा. प्रमोद राम माथि ज्यान मार्ने उद्देश्य सहित गम्भीर घाइते बनाइएको घटना उनै डाक्टर राम तथा डाक्टर रामकिशोर सिंहलाई निलम्बन गरिएको घटनाप्रति खेदप्रकट गर्दै नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाइएको छ । चिकित्सक एवम स्वास्थ्यकर्मीहरु माथी यस्तो अमानवीय दुव्र्यबहार भबिस्यमा नदोहोरियोस भन्नका निम्ति कानुनी कारबाहीको जोडदार अपिल गरिएको छ । बुधबार पनि सेवा दिने वा नदिने विषय मंगलबार अबेरसम्म निश्चित नभएको मेसु अधिकारीले जानकारी दिए ।
वाता र संवाद सफल भयो भने आन्दोलन फिर्ता हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्