| आइतवार, असार २७, २०८३

नेपाल कम्युनिस्ट पार्टी गोरखाको सेक्रेटरीमा कृष्ण पन्त, कपिल भट्ट इन्चार्ज

नेत्र बहादुर चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट विद्रोह गरी नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन् । गोरखा जेलब्रेकका योजनाकार उमा भुजेलको नेतृत्वमा पुनर्गठित नेकपाले ९१ सदस्यीय रास्ट्रिय भेला आयोजक समिति गठन गरेका छन् ।

सोही पार्टीको गोरखा जिल्ला भेला आयोजक कमिटी गठन भएको छ । राष्ट्रिय भेला आयोजक कमिटीको शुक्रबार सम्पन्न बैठकले गोरखाको सेक्रेटरीमा कृष्ण पन्त र इन्चार्जमा कपिल भट्टलाई चयन गरेको छ । बैठकमा सहभागीहरुले सामुहिक रुपमा नेकपा (माओवादी)को सबै जिम्मेवारीबाट मुक्त भएको घोषणा गर्दै उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध हुने घोषणा गरेका छन् ।

केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पूर्व जिल्ला इन्चार्ज योगेन्द्र कुमाल, केन्द्रीय प्रतिनिधि समिति सदस्य बिष्णुप्रसाद रिजाल, जिल्ला सल्लाहकार डिलबहादुर भण्डारी, शम्भु भट्टराई, जिल्ला सचिवालय सदस्यहरू कृष्ण पन्त, कृष्ण अधिकारी, घननाथ रुपाखेती र रामजी कुमाल लगायतले पुरानो पार्टी छाडी नयाँमा आवद्ध भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्