चार पर्यटकीय स्थलको नाम चाँडो पठाइयोस्
सरकारले यो बर्षलाई भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको छ । बिभिन्न कार्यक्रमहरु पनि भइरहेका छन् । बिभिन्न जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँलाई पर्यटकीय गाउँ घोषणा गरी मन्त्रालयमा पठाउन प्रदेश सरकारले आग्रह गरेको छ । पहिले प्रत्येक गाउँपालिकाबाट १०, १० वटा पर्यटकीय स्थलको सूची पठाउन आग्रह गर्यो । हरेक गाउँपालिकाबाट ती नाम मगाएर जिल्ला समन्वय समितिले एकीकृत गरी मन्त्रालयमा नामावली पठायो । अहिले फेरि जिल्लाका उत्कृष्ठ चार वटा नाम पठाउन पत्राचार गरेको छ ं।
गत पुस महिनाको १८ गते पत्राचार गरेको थियो । ती चार ठाउँको पर्यटन विकास गर्न १०, १० लाख रुपैयाँ उपलब्ध गराउने प्रदेश सरकारको योजना छ । तर नाम छनौट गर्ने बैठक बस्दा निर्वाचित सांसदमध्य सबैभन्दा ज्येष्ठ सांसदको अध्यक्षतामा बैठक बसी नाम छनौछ गर्नुपर्ने प्रावधान छ । व्यवस्था अनुसार गोरखाका ज्येष्ठ सांसद रामशरण बस्नेतको अध्यक्षतामा बैठक ंबस्नुपर्ने हुन्छ । भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् । तर अहिलेसम्म बैठक बस्न नसकेको जिल्ला समन्वय समितिको गुनासो छ ।
मन्त्रालयको पत्र पाएपछि जिल्ला समन्वय समितिले बारम्बार फोन गरी बैठकका लागि समय निकाल्न अनुरोध गरिरहेको छ । जिससको अनुरोधपछि पनि मन्त्री तथा सांसदहरु पटक पटक जिल्लामा आएका छन् । तर बैठकका लागि समय निकाल्न सकेका छैनन् ।
समय नभएर हो वा इच्छाशक्ति नभएर हो, बैठक हुन सकेको छैन । जसले गर्दा ती चार ठाउँका लागि आउने १० लाख रुपैयाँका दरले ४० लाख रुपैयाँ गुम्ने खतरा उत्तिकै छ । जिल्लाको विकासलाई मध्यनजर गरी, ंजिल्लाको पर्यटन विकासमा जोड दिन तत्काल बैठक बसुन्, नाम छनौट गरुन् र विकासमा टेवा पु¥याउन् ।




