| सोमवार, कार्तिक २३, २०८३

१० अर्बको आयोजनालाई अड्काउनु हुदैन

यूरोपियन इन्भेष्टमेण्ट वैंकको आर्थिक सहयोगमा मनाङको धारापानीदेखि लम्जुङ, गोरखा, तनहूँ हुदै चितवन भरतपुरसम्म विस्तार गरिने २२० केभीको डबल सर्किट विद्यु्त प्रशारण लाइनको काम सन् २०१७ देखि सुरु भएको छ । हाल उदिपुरदेखि भरतरपुरसम्मको ६७ किलोमिटरको काम ठेक्का लागेर २०२० को डिसेम्बरसम्म सम्पन्न गर्ने गरी अघि बढिरहेको छ ।

तर गतबर्षदेखि गोरखाको पालुङ्टार खण्डको ५.४ किलोमिटर प्रशारण कार्य अवरुद्ध छ । गेमचेञ्जर आयोजनाको रुपमा लिइएको १० अर्ब रुपैयाँको लागतको सो काम अवरुद्ध हुँदा राष्टिूय रुपमा नै समस्या उत्पन्न भएको छ । स्मार्टसिटीको रुपमा विकास भइरहेको पालुङ्टार बजारलाई प्रभाव पार्ने गरी लाइन लैजान नदिने पालुङ्टारका बासिन्दा तथा जनप्रतिनिधिहरुको अडान छ ।

बिभिन्न बिकल्प हुँदाहुदै बस्ती क्षेत्रभित्रबाटै प्रशारण लाइन लैजान खोज्नु मनासिब नहुने भन्दै उनीहरुले बिकल्प अपनाउन आग्रह गरिरहेका छन् । मस्र्याङ्दी करिडोर भनेपछि मस्र्याङ्दीको आसपास हुदै लैजान उनीहरुको पहिलो सुझाव छ । नभए लिगलिगकोटको पछाडिको भागबाट लैजानु पर्ने उनीहरुले बिकल्प प्रस्तुत गरेका छन् । तर बजारक्षेत्रभित्रबाट २२० केभी प्रशारण लाइन तान्नु उचित नहुने उनीहरु दाबी गर्छन् ।

पोखरामा अन्तर्राष्टिूय विमानस्थल निर्माण सम्पन्न भएपछि त्यहाँबाट बिस्थापित प्याराग्लाइडिङलाई पालुङटारमा स्थापित गर्ने लक्ष्य रहेकाले २२० केभी प्रशारण लाइनले प्याराग्लाइडिङलाई असर गर्ने भएकाले पनि बिकल्प खोज्नुपर्ने उनीहरुको भनाइ छ । तर मस्र्याङ्दीको किनारैकिनार लैजाँदा एअरपोर्टलाई डिस्टर्ब हुने भएकाले सो बिकल्प उचित नहुने आयोजनाको भनाइ छ ।

अहिले प्रस्तावित ठाउँबाट लाइन लैजाँदा कतै, केहीलाई पनि असर नगर्ने भन्दै आयोजनाले बस्ती क्षेत्रबाटै लैजाने अडान लिइरहेको छ । यस्तै विवादले बिगत एकबर्षदेखि काम ठप्प भएको छ । लाइफ लाइनमै प्रभाव पार्ने मानिएको सो आयोजना जतिसक्दो चाँडो सञ्चालन गर्नुपर्छ । यसका लागि सबैले सकारात्मक प्रयास गर्नुपर्छ

प्रतिक्रिया दिनुहोस्