स्थानीय सरकारलाई शक्तिसम्पन्न बनाऔं
केन्द्रीय सरकारको लामो अभ्यासपछि हालै गाउँगाउँमा सरकार पुगेको छ । राज्यको पुनसंरचनासंगै नेपालमा अहिले तीन तहको सरकार छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार । जनताको घरदैलोमा पुग्ने भनेको नै स्थानीय सरकार हो ।
स्थानीय सरकारले गाउँगाउँ, घरघरमा पुगेर प्रत्यक्षरुपमा जनताको सेवा गरेको हुन्छ । त्यसैले यसलाई शक्तिसम्पन्न बनाउने र सदियौंदेखि पिल्सिएका, पछाडि पारिएका समुदायको उत्थान गर्ने ध्येयले विभिन्न चरणमा जनआन्दोलनहरु भएका थिए । पछिल्लो चरणमा २०६२÷०६३ मा भएको आन्दोलनले देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापित ग¥यो, संविधान सभाबाट संविधान बनाउने र राज्यको पुनसंरचना गर्ने मुख्यगरी तीन ऐतिहासिक परिवर्तन ग¥यो ।
त्यसको परिणामस्वरुप अहिले देशमा तीन तहका सरकार छन् । गाउँतहको काम गर्न स्थानीय सरकार, त्योभन्दा केही ठूलो कामका लागि प्रदेश सरकार र राष्टिूयस्तरको ठूलो काम गर्न केन्द्र सरकार छन् । यी तीनै सरकारको आ(आफ्नै महत्व छन् ।
जनताको घरदैलोमा पुग्ने भएकाले स्थानीय सरकारलाई शक्तिसम्पन्न, अधिकारसम्पन्न बनाउनु पर्छ । तर धारा छ, पानी छैन भनेझैँ, अहिले लेखाइमा स्थानीय तहमा धेरै कुरा छन्, तर व्यवहारमा धेरै कुरा छैनन् । सरकार शक्तिसम्पन्न भनेपनि अहिले स्थानीय तहमा विभिन्न कार्यालय छन्, दरबन्दी छन्, कर्मचारी छैनन् । वैंक छ, कारोबार छैन । त्यसैले नागरिकले चाहेजस्तो सेवा लिन सकेका छैनन् ।
भाषणमा भनेझैं, गाउँगाउँमा सिँहदरबार छ, तर सिँहदरबार रित्तो छ । तीन सरकारबीच आपसी मनमुटाव छ । अब सर्वसाधारणले चाहेजस्तो सेवा प्रबाह गर्न स्थानीय सरकारलाई व्यवहारिक रुपमै शक्ति सम्पन्न बनाउनु पर्छ ।




