| सोमवार, कार्तिक २३, २०८३

ज्येष्ठ नागरिक सम्मानमा बारपाक सुलीकोटको उदाहरणीय काम

बेलाबेला बिभिन्न स्थानीय सरकारको लोकप्रिय कामको चर्चा हुने गर्छ । पछिल्लो समय, बारपाक सुलीकोट गाउँपालिकाले ९० बर्ष कटेका ज्येष्ठ नागरिकलाई फाइबर सिरक बाँडेर चर्चा कमाएको छ ।  बारपाक सुलीकोट गाउँपालिकामा आठ वटा वडाहरु छन् ।

गाउँपालिकाले सबै वडाअध्यक्षहरुमार्फत ९० बर्ष कटेका बुढाबूढीको तथ्यांक संकलन गर्दा १३० जनाको संख्यामा वृद्धवृद्धा रहेको पाइयो । उनीहरुमध्य वडा नं. १, २ र ७ का वृद्धवृद्धालाई फाइबर सिरक बाँडिएको छ । अरुलाई पनि क्रमश बाँड्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

लक्षित बर्गको कार्यक्रम अन्तर्गत गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्ने गरेको छ । सोही कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप फाइबर सिरक बाँड्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताएका छन् । यो वितरणको काममा उपप्रमुख सनमाया गुरुङ लागिरहेकी छन् ।

सो गाउँपालिकाले मातृशिशु स्वास्थ्य सुधारका लागि गर्भवती र सुत्केरीलाई उपप्रमुखको कोशेली कार्यक्रम पनि लागु गरेको जनाएको छ ।
यस्तो कार्यक्रमले गर्दा नागरिकको सहज जीवन यापत सम्बन्धी अधिकार सुरक्षित हुने गर्छ ।

यसअर्थमा सो गाउँपालिकाको यो कार्यक्रम उदाहरणीय छ । यस्ता खालका लोकप्रिय र ज्येष्ठ नागरिकका लागि नभै नहुने खालका कार्यक्रम गरेर लोकप्रियता आर्जन गर्न देखासिकी गर्न अरु गाउँपालिकाको पनि दायित्व हो । अर्काको कार्यक्रम जस्ताको तस्तै देखासिकी गर्नु मनासिब नलाग्न सक्छ । यस्तै अत्यावश्यक पक्षको पहिचान गरी कार्यक्रम गर्दा पनि नागरिक पनि प्रभावित हुने, लोकप्रियता पनि आर्जन हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्