पोखराथोकको स्वास्थ्य अबस्था सुधार गर्नु अपरिहार्य
गोरखा बजारभन्दा केही माथि पोखराथोक बस्ती छ । बजारको रङले नभेटेको सो ठाउँका अधिकांश बासिन्दा रातदिन हाडछाला घोटेर हातमुख जोर्ने जोहो गर्छन् । कतिपय त्यहाँका बासिन्दा दिनभर कडा परिश्रम गर्ने, अनि आम्दानीले साँझबिहान मादक पदार्थ सेवन गर्ने गर्छन् । धुमपान, मध्यपानले उनीह?को स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । अनि मादक पदार्थ सेवनबाट पैदा हुने बिभिन्न रोगका सिकार बन्छन् । मुट्, फोक्सो, कलेजो, मृगौला जस्ता अंगह? बिग्रिने समस्याका सिकार बन्छन् । अनि ५०, ६० बर्ष पनि नपुग्दै मृत्यूको मुखमा पुगेका धेरै उदाहरणह? भेटिएका छन् । त्यतिमात्र होइन, कडा मिहिनेत गर्ने अनि शरीरका लागि पर्याप्त सन्तुलित भोजनको अभावमा कुपोषण हुने, काम गरेर खाने शरीर कमजोर हुने, कमजोरीका कारण पैदा हुने बिभिन्न असरह? देखिने, संक्रमण हुने जस्ता समस्याले अल्पायूमै मृत्यूको मुखमा पुग्ने गरेका उदाहरण पनि छन् ।
गोरखा नगरपालिकाको वडा नं. ६, सदरमुकाममै बर्षौदेखि यस्तो अबस्था छ तर सम्बन्धित निकायको ध्यान यसतर्फ पुगेको देखिएन । यहाँका मतदाताको मत उपयोग गर्नेह?ले मतदाता बचाउन पहल गरेको खासै देखिएन । उनीह?को शिक्षा, स्वास्थ्यलाई सुधार गर्न, मृत्यूदर घटाउन, औसत आयू बढाउन सघन ?पले लागेको देखिएन ।
जिल्ला स्वास्थ्य कार्यालयबाट यो ठाउँ दुई किलोमिटर पर पर्छ । तर स्वास्थ्य कार्यालयलाई त्यहाँका बासिन्दाको स्वास्थ्य समस्या सुधार गर्ने बारे ध्यानाकर्षण नै भएको पाइएको छैन । स्वास्थ्य सम्बन्धी काम गर्ने धेरै सामाजिक संघसंस्था थिए र छन् पनि तर उनीह?ले पनि त्यस ठाउँको स्वास्थ्य समस्या सुधार गर्न खासै चासो देखाएनन् ।
सम्बन्धित निकाय सबैले यस ठाउँको गम्भीर स्वास्थ्य अबस्था सुधार गर्न कार्यक्रम बनाएर लाग्नु आवश्यक छ ।




