| सोमवार, कार्तिक २३, २०८३

लियो क्लव अफ गोरखाको रचनात्मक काममा सहयोग गरौं

युवा पिढीलाई सामाजिककरण गर्न र सामाजिक कामतर्फ उद्धत गराउने ध्येयले स्थापित लियो क्लव अफ गोरखाले अर्को नयाँ कामको थालनी गरेको छ । सेकेण्डह्याण्ड कपडा संकलन गर्ने र अपेक्षीहरुलाई त्यस्ता कपडा निशुल्क वितरण गर्ने अभियान ज्यादै प्रसंसनीय छ ।
लियो क्लवले केही समयदेखि नै सेकेण्डह्याण्ड कपडा संकलन गरिरहेको थियो । पहिलो प्रयासस्वरुप शनिबार हरमटारीको एक खुल्ला ठाउँमा वितरण कार्यक्रम आयोजना ग¥यो । त्यहाँ सेकेण्डह्याण्ड कपडा लिनेको घुइँचो लाग्यो । स(साना बालबच्चदेखि ठूला मान्छेसम्म सेकेण्डह्याण्ड कपडा लिन आएका थिए ।
जाडो बढ्दै जाँदा स्वीटर, जाकेट, पाइण्ट तथा बिभिन्न किसिमका लुगाको खाँचो पर्नु स्वभाविक छ । त्यसैले लुगा लिनेको घुइँचो लाग्नु स्वभाविक थियो ।
त्यहाँ वितरित लुगा सेकेण्ड ह्याण्ड मात्र थिएन । कपडा पसलमा लामो समयसम्म रहेका नयाँ लुगा पनि ल्याएर प्रदान गरिएको थियो । सेकेण्डह्याण्ड लुगा पनि धोएर सफा गरिएको अबस्थाका थिए । एकदुईफेर मात्र लगाएर थन्क्याएर राखिएका लुगाका सौखिनहरुका लुगा पनि थिए ।
लुगा संकलन गर्दा नै धोएर सफा गरेर मात्र दिन लियो क्लवले अनुरोध गरेको थियो । भएकासंग लिएर नभएकालाई दिने यस्तो पवित्र काम लियो क्लवले सुरु गरेको छ । यो कामले निरन्तरता पाउनु पर्छ । अझै गोरखा बजारमा मात्र नभै यस्तो लुगाको अपेक्षी गाउँठाउँमा गएर वितरण गर्दा अझै सुनमा सुगन्ध हुनेछ । यो अभियानलाई निरन्तरताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस्