| आइतवार, कार्तिक २२, २०८३

आरुघाटबासीले पुनर्वास र पुनस्थापनाका लागि जोड दिने कि ?

आरुघाट, आर्खेत, विशालनगर र खहरेको मुआव्जा अरु डुबान क्षेत्रको भन्दा तीनबर्ष ढिला गरी निर्धारण भयो । निर्धारण भएको भोलिपल्टदेखि नै आरुघाटबासी आन्दोलित बने । बन्द, हड्ताल, पुत्लादहन सबै खालका आन्दोलन भए । छ दिनसम्म बन्द भएपछि उनीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरे, काठमाडौं केन्द्रीत आन्दोलन गर्ने, वार्ता र संवादलाई पनि संगसंगै लैजाने, उजुरी पनि दिने भनेर ।
अहिले बहालवाला सांसद, भूपू सांसद, स्थानीय तहका प्रमुख, वडा अध्यक्षहरु, राजनीतिक दलका शीर्ष नेताहरु, सरोकार समिति सम्मिलित वार्ता टोली गठन भएको छ ।
बन्द हड्तालले आफैलाई नोक्शान पु¥याउँछ भन्ने उनीहरुले निश्कर्ष निकाले ।
उनीहरुले जतिसक्दो चाँडो मुआव्जा लिएर सदुपयोग गर्नथाल्नुपर्छ । आरुघाट क्षेत्रको मुआव्जा पुनरावलोकन हुँदा त्यो भन्दा तलका डुबान पीडितले पनि आन्दोलन गर्न सक्लान् । मुआव्जा मनासिब छैन भन्ने कुरा साँचो हो । अब मुआव्जा थप्न लगाउनुभन्दा बरु पुनर्वास र पुनस्थापनाका लागि जोडदार प्रस्ताब लैजानु पर्छ ।
मुआव्जाका कारण नोक्शानी बेहोर्न वाध्य उनीहरुले अब पुनर्वासको क्रममा त्यसको पनि पूर्ति हुनेगरी पुनर्वास गराउन माग गर्नुपर्छ । त्यसको लागि चौतर्फी छलफल गरी दर्बिलो योजना बनाउनु पर्छ । त्यस्तै पुनस्थापनाका लागि पनि ठूलो राहत पुग्ने गरी योजना प्रस्ताब गर्नुपर्छ । त्यस्तै अब घरगोठको मुआव्जा निर्धारण गर्न बाँकी छ । त्यसका लागि राहत पुग्ने गरी योजना प्रस्ताब गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्