| सोमवार, कार्तिक २३, २०८३

हामीलाई ‘क’ श्रेणीमा पु¥याउने तपाई

दरौंदी दैनिकलाई प्रेस काउन्सिल नेपालले क बर्गमा बर्गीकृत गरेको छ । प्रेस काउन्सिलले राष्ट्रिय स्तरको, प्रदेश स्तरको र स्थानीय स्तरको गरी बर्गीकृत गर्ने गरेकोमा दरौंदी दैनिकलाई प्रदेश स्तरको क बर्गमा बर्गीकरण गरेको हो । यो समाचार यस दरौंदी प्रकाशन समूहका लागि खुशीको कुरा हो ।
बिगत आठ बर्षदेखि ख बर्गमा बर्गीकृत पत्रिका दुईबर्षदेखि स्थानीय स्तरको क बर्गमा बर्गीकृत थियो । यस बर्ष प्रदेशस्तरको क बर्गमा पर्न सफल हुनु सुखद बिषय हो । यो नतिजाको श्रेय हर हमेसा सका रात्मक सुझाव र दिशानिर्देश गरिरहने आदरणीय अध्यक्ष तथा बोर्ड सदस्यज्यूहरु, अहोरात्र खटिरहने हाम्रा पत्रकार, कर्मचारी, लेखक, हाम्रो प्रकाशन पढेर सदा सर्वदा सकारात्मक पृष्ठपोषण दिने आम पाठकबर्ग, हामीलाई जीवन्त राख्न सहयोग गर्ने विज्ञापनदाताहरुमा जान्छ ।
उहाँहरु बिनाको दरौंदी पानी बिनाको दरौंदी जस्तो जड मात्र हुन्छ ।
त्यसैले यो सफलताको हिस्सेदार, यो खुशीको साझेदार उहाँहरु नै हो । उहाँहरुबाट सधैँ यस्तै सरसहयोगको अपेक्षा गर्दै हामी पनि आफ्नो गुणस्तर सुधारका लागि मरिमेटेर खटिरहने प्रतिवद्धता गर्दर्छौ ।
सद्भावका साथ यात्रा गर्ने क्रममा बेलाबखत अञ्जानमा हुने ‘भूल’ लाई प्रोपोगण्डा नबनाईदिनुहुन बिनम्रतापूर्वक अनुरोध गर्दर्छौ । सँधै साथ र सहयोगको अपेक्षा पनि छ

प्रतिक्रिया दिनुहोस्