
विप्लव समूहका सदस्य पक्राउ
गतिबिधिमा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहका जिल्ला कार्यसमिति सदस्य रोहित पन्त पक्राउ परेका छन् ।
४९ बर्षीय पन्तलाई गोरखा नगरपालिका वडा नं. ६ हरमटारीबाट मंगलबार पक्राउ दिउसो पक्राउ गरेको डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।
पन्तलाई बुधबार सार्वजनिक अपराधको मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
पन्त यसअघि गत असार १० गते पनि पक्राउ परी साउन २ गते रिहा भएका थिए । त्यतिबेला राज द्रोहको मुद्धा खेपेका उनी पाँच हजार धरौटी तिरेर रिहा भएका थिए । अहिले फेरि स्थानीय स्तरमा शान्ति भड्काउने काममा संलग्न भएको पाइएकाले पक्राउ गरेको डिएसपी शर्माले जानकारी दिए ।




