| आइतवार, कार्तिक २२, २०८३

सुर्यज्योतीमा दन्त शिविर

बारपाक सुलिकोट गाउँपालिका ६ को सुर्यज्योती माविमा निशुल्क दन्त शिविर भएको छ ।
ओरल केयर फर डेभलपिङ कन्टूी नेपालको आयोजना र स्पिरीच्युअल एक्सपिडिसन प्रालिको समन्वयमा असोज चार गतेदेखि एक हप्तासम्म शिविर भएको हो ।
शिविरमा आठ सय २६ जना दाँतका बिरामीको दाँत भर्ने, निकाल्ने, गिजाको उपचार गरिएको शिक्षक बाबुराम नेपालीले जानकारी दिए ।
युकेमा कार्यरत डाक्टर दिपक सिंखडा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा दिएको थियो । शिविरकै क्रममा गाउँपालिका भित्रका १४ विद्यालयका विद्यार्थी र शिक्षकलाई स्वास्थ्य शिक्षा दिइएको थियो ।
शिविरमा संलग्न स्वास्थ्यकर्मीको टोलीले सूर्यज्योती माविलाई दश थान कम्प्युटर, एक थान प्रिन्टर र एक थान प्रोजेक्टर उपहार दिएका छन् । सोही क्रममा बेलायतकी स्वास्थ्यकर्मी निलोगी मोनोकरनले कक्षा ६ मा अध्ययनरत अनाथ बालक भुवन थापालाई १२ कक्षासम्म अध्ययनका लागि बार्षिक ८४ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रत्नकुमार जोशीको अध्यक्षतामा भएको शिविर समापन एवंम् स्वास्थ्यकर्मी विदाई कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख विष्णु भट्ट, प्रधानाध्यापक हरीराम दवाडी, पुर्व शिक्षक उदय देवकोटा, डाक्टर दिपक शिंखडा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्