उत्तरतिर के भइरहेको छ ? चासो बढाउनु प¥यो
उत्तरी गोरखा सरकारको नजरबाट टाढा छ । भूकम्पपछि धार्चेसम्म गैरसरकारी तथा सरकारी संस्थाहरु जाने क्रम बढिरहेको छ । सवारी साधन जान थालेपछि तल्लो भेगका मान्छेहरुको पनि प्रसस्तै पहुँच पुग्न थालेको छ । तर चुमनुब्री गाउँपालिका, जहाँ सवारी साधन पुगेको छैन, त्यहाँ सरकारी, गैरसरकारी संस्थाहरुको नजर पुगेको छैन ।
जहाँ सरकारी पहुँच कम हुन्छ, त्यहाँ धेरै कुरामा बेथिति हुन्छन् । त्यहाँको विद्यालयमा शिक्षक छैनन् । पर्यटक तथा आरोहीहरु हुलका हुल आइरहेका छन् । उनीहरुका कारण सुन्दर मनास्लुमा प्रदुषण कति बढेको छ ? सरकार बेखबर छ । राजस्व असुलेर मात्र बस्नु सरकारी दायित्व होइन ।
उत्तरमा सीमा बैठक भइरहेका छन् । यो बर्षमात्र पनि होइन, बर्षेनी बैठक भइरहन्छन् । अझै हुनेवाला छ । सीमा क्षेत्रसम्बन्धी बैठक भनेको अन्तर्राष्टिूय मामला हो । तर जिल्ला सरकार त बेखबर छ, स्थानीय सरकारसमेत बेखबर छ । सुन तस्कर भइरहेको छ । बहुमूल्य जडिबुटी, गाई गोरु तस्कर भइरहेको छ । सरकारी नजर नपुगेको मौका छोपी यहाँ जे पनि हुनसक्छन् । अपराध भइहाले पनि सकेसम्म स्थानीय स्तरमा मिलाउने, सरकारी प्रक्रियामा नजाने अबस्था छ । त्यसैले सो क्षेत्रमा चासो बढाउनु अत्यन्त जरुरी छ ।




