| सोमवार, कार्तिक २३, २०८३

एम्बुलेन्सलाई ब्यबस्थित बनाउँ

गोरखाका बिभिन्न ठाउँमा ३० वटा एम्बुलेन्स सञ्चालनमा छन् । हालै तीनवटा एम्बुलेन्स सञ्चालनका लागि अनुमति लगेका छन् ।
गोरखामा सञ्चालित प्राय एम्बुलेन्स एउटै मोडेलका छन् । स्तरीय गाडीलाई एम्बुलेन्स बनाइएका छैनन् । कम गुणस्तरीय गाडीलाई एम्बुलेन्स बनाइएका छन् जसले गर्दा बिरामीलाई आरामदायी यात्रा हुने गर्दैन ।
अर्कोकुरा, प्राय एम्बुलेन्समा अक्सिजन, प्राथमिक उपचार सामग्री, स्टूेचर हुदैनन् ।
यो त छँदैछ, अझ दुखद पक्ष त के छ भने जुन ठाउँमा सञ्चालन गर्ने भनेर एम्बुलेन्सका लागि अनुमति लिइएको छ, ती एम्बुलेन्स त्यहाँ नचलेर सदरमुकाम वा अन्यत्रै चलेका छन् । त्योभन्दा पनि अर्को रोचक पक्ष त के भने एम्बुलेन्स चलाउन जुन सँस्थाले अनुमति लिए तिनले नचलाएर डूाइभरलाई ठेक्कामा दिने पनि गरिएको छ । त्यो भन्दा पनि अर्को रोचक पक्ष, जिल्लामा चलाउने भनेर अनुमति लिइएका एम्बुलेन्स जिल्ला बाहिरकालाई बिक्री गरिएको छ ।
यी सबै बेथितिलाई ब्यबस्थित गराउनु पर्छ । ब्यबस्थित गराउनका लागि समिति गठन गरिएको छ । समितिले बास्तविक प्रतिवेदन तयार गरोस् । उनीहरुको प्रतिवेदनलाई सिरानी हाल्दै एम्बुलेन्स सञ्चालक समितिले एम्बुलेन्सलाई ब्यबस्थित बनाओस् ।
अब एम्बुलेन्स बनाउनका लागि किनिने गाडी स्तरीय कम्पनीको, स्तरीय मोडलको गाडी होओस् । यसका लागि समितिले एम्बुलेन्स चलाउने समितिलाई प्रतिवद्ध बनाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्