| आइतवार, कार्तिक २२, २०८३

महिला स्वास्थ्य स्वंयसेविकालाई आभारभुत तालिम

शहिद लखन गाउँपालिकाले महिला स्वास्थ्य स्वंयसेविकालाई आभारभुत तालिम दिएको छ । स्वास्थ्य आमा समुहबाट छनौट भई महिला स्वास्थ्य स्वंयसेविकाको १८ दिने तालिम लिएका स्वंयसेविकाहरुलाई क्षमता अभिवृद्धिका लागि भदौ २२ गतेदेखि ३० गतेसम्म तालिम भएको हो । मनकामना सामुदायिक स्वास्थ्य इकाईमा भएको तालिममा १९ जना सहभागि थिए । तालिममा स्वास्थ्य कार्यालय गोरखाका परीवार नियोजन सुपरभाइजर विरबहादुर श्रेष्ठ, गाउँपालिकाको स्वास्थ्य शाखाका बिलबहादुर क्षत्री, इश्वर श्रेष्ठ, विरेन्द्र श्रेष्ठ, अर्जुन सुनार लगायतले सहजिकरण गरेका थिए । उनिहरुलाई खोप, आमा सुरक्षा, परिवार नियोजन, बाल स्वास्थ्य, सरुवा रोग, महामारी रोकथाम तथा ब्यबस्थापन लगायतका विषयमा तालिम दिएको शहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिए । वडा नं २ का अध्यक्ष अचलबाबु थापाको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्