| सोमवार, कार्तिक २३, २०८३

म्याराथन होइन, अल्ट्रा ट्रेल दौड गरौं

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको सहकार्यमा गत बुधबार लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथन सम्पन्न भयो । लिगलिगकोटदेखि हर्मीभञ्ज्याङ, चित्रेपोखरी, छेपेटार, पस्लाङचौतारा हुदै गोरखा दरबारसम्मको रुटलाई एकीकरण टूेलको रुपमा विकास गर्ने लक्ष्यका साथ गोरखा राज्य स्थापना दिवस पारेर दौड आयोजना गरिएको थियो ।
दौडमा ११४ जना सहभागी थिए । गोरखा, थुमीका भीमबहादुर गुरुङले म्याराथन जिते । दौडले धेरै नै चर्चा पायो ।
दौड जसले जिते, उनी चर्चित धावक हुन् । अन्तर्राष्टिूय स्तरमा आयोजित धेरै म्याराथन तथा अल्टूा रेसमा सहभागी भएर र विजयी समेत भएर रेकर्ड बनाएका गुरुङले गोरखा म्याराथन पनि स्थान गुमाएनन् ।
दौड जितेपछि उनले भनेका कुरा मार्मिक छन् । ‘म्याराथन विश्वका लागि नयाँ होइन, त्यसैले म्याराथन दौडन कसैलाई यहाँ आइरहन आवश्यक छैन । यहाँ अल्टूा टूेल रेस गर्नुपर्छ’, उनको सुझाव यो छ, ‘अनि एकीकरण टूेलको नाम चल्छ । विदेशीहरु लोभिन्छन् ।’ जुनकुरा सबै ठाउँमा उपलब्ध छ, त्यसको खोजी गर्दै कोही आउँदैन । सबैले ‘न्यू टेष्ट’ खोज्ने हुन् । त्यसैले म्याराथन होइन, अल्टूा टूेल रेस गर्नु उपयुक्त हुन्छ ।
पहिलो बर्ष परीक्षणका लागि पनि जे गरियो, ठिकै भयो । सिक्दै गर्दै जाने हो । आगामि बर्ष ४६० बर्षअघि द्रव्य शाह दौडिएको बाटोमा अल्टूा टूेल रेस आयोजना गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्