कृषि र पशुपालनतर्फ आकर्षित हुदै युवा
हिजोआज युवाहरु कृषि तथा पशुपालनतर्फ आकर्षित छन् । धेरै गाउँहरुमा युवाहरुले जग्गा खरिद गरेर वा भाडामा लिएर व्यबसायिक रुपमा पशुपालन, कुखुरा पालन तथा कृषि ब्यबसाय गर्न थालेका उदाहरण प्रसस्तै छन् ।
जसले गर्दा अहिले गोरखा कुखुरा र मासुमा आत्मनिर्भर भइसकेको । माछापालन तथा अण्डामा पनि अबको केही बर्षमा आत्मनिर्भर हुदैछ ।
परम्पराअनुसार खेती प्रणाली अपनाउने घटेको अबश्य हो । धान खेती हुने जग्गा बाँझो भएको अबश्य पनि हो । तर व्यसायिक रुपमा तरकारी खेती गर्ने, अन्य दलहन तथा तेलहन खेती गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको छ । यो सुखद पक्ष हो ।
विदेश जानेहरु विदेशमा पैसा, सीप र अठोट कमाएर स्वदेश फर्की व्यवसाय सुरु गर्ने क्रम बढेको छ । जतिपनि गाउँगाउँमा कृषि तथा पशुपालन ब्यवसाय सञ्चालनमा छन्, ती प्राय विदेशबाट आएर गरेको उदाहरण धेरै छ । यो नकारात्मक होइन, सकारात्मक हो । यसरी नै विदेशमा गएर श्रमप्रतिको सम्मान, लगन, धैयता, बिउ पुँजी कमाएर स्वदेशमा कार्यान्वयन गरेमा अब बाँकी युवाहरु विदेशिन कम हुनेछ । अनि नेपालका गाउँहरु पनि युवाहरुले भरिभराउ हुनेछ ।




