| सोमवार, कार्तिक २३, २०८३

नदीजन्य सामग्री उत्खननलाई नियमन गर्न खुट्टा दह्रो गर

आइतबार तेस्रो जिल्ला सभा भयो । सभामा जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अत्याधिक उत्खनन र संकलनले दिनानुदिन वातावरण विनास हुदै गईरहेको ठहर गरेको छ ।
यसैले मापदण्डभित्र रहेर नदीजन्य सामाग्री निकाल्नका लागि स्थानीय तहसँग समन्वय गर्ने समितिका पदाधिकारीले बताएका छन् । नदीजन्य सामाग्री उत्खनन तथा संकलनका लागि प्रदेश सरकारले जारी गरेको कार्यविधि स्थानिय तहले कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर जथाभावी रुपमा जुनसुकै ठाउँबाट मापदण्ड विपरीत खोला नै फर्काएर बालुवा झिकेको, ठुला उपकरण प्रयोग गरी नदीजन्य सामाग्री झिकेको, घाटलाई समेत असर पर्नेगरी उत्खनन गरेको, निश्चित परीमाण भन्दा बढि सामाग्री झिक्ने क्रम हरेक बर्ष दोहोरीएका छन् । यसले अल्पकालीनदेखि दिर्घकालीन रुपमा वातावरणमा असर गरीरहेको छ । यसैले नदीजन्य सामाग्रीको उत्खनन तथा संकलन मापदण्ड विपरीत हुन नदिन निति बनाउने मात्र होईन, कडाईका साथ कार्यान्वयन गर्न जिल्ला समन्वय समितिले पहलकदमी लिनैपर्छ । कुनैपनि स्वार्थ, नातावाद, कृपावाद नराखीकन मापदण्ड विपरीत उत्खनन गर्नेलाई कारबाही गर्न समन्वय समिति पछि पर्नु हुँदैन । जिल्लाको संरक्षण र विकासका लागि निष्पक्ष रुपमा आफ्नो अधिकार प्रयोग गर्न सके समन्वय समितिको छवि पनि उचो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्