| सोमवार, कार्तिक २३, २०८३

गोरखा संग्रहालयको नयाँ रेकर्ड

गोरखा संग्रहालय गत आर्थिक बर्ष अहिलेसम्मकै सबैभन्दा धेरै अवलोकनकर्ताले अवलोकन गरेका छन् । बिगतमा सबैभन्दा धेरै पर्यटक आएका बेला ७५ हजार जनाले अवलोकन गरेको गोरखा संग्रहालय गत आर्थिक बर्ष ९८ हजार एकसय ३६ जनाले अवलोकन गरेका हुन् । संग्रहालयका अनुसार यो अघिल्लो आर्थिक बर्षको तुलनामा ३०.७६ प्रतिशतले बढि हो । गोरखा सदरमुकाम आइपुगेका पर्यटकले अबलोकन गर्ने सबैभन्दा महत्वपूर्ण स्थल गोरखा संग्रहालय हो । गोरखा ऐतिहासिक जिल्ला हो । यहाँको इतिहासको झलक संग्रहालयमा सुरक्षित छन् । संग्रहालयमा पृथक पृथक सामग्रीहरु राखिएका हुन्छन् । गोरखा संग्रहालय ऐतिहासिक, पुरातात्विक सामग्रीहरु राखिएका छन् ।
संग्रहालय त यसअघि पनि सञ्चालनमै थियो । तर यसबर्ष अबलोकनकर्ता धेरै हुनुमा बिभिन्न कारण छन् । संग्रहालयको प्रचारप्रसारका कारण, नेपालीहरुमा भ्रमण गर्ने चलन बढेका कारण, देशमा शान्तपूर्ण वातावरण भएका कारण पनि हुनसक्छ । संग्रहालयका नेतृत्वमा रहेको संग्रहालय सञ्चालन गर्ने सिर्जनात्मक, रचनात्मक तरिकाले पनि महत्वपूर्ण भूमिका निर्बाह गरेको छ ।
तर संग्रहालयमा अझै एउटा समस्या विद्यमान छ । संग्रहालयमा सरसफाइ सम्बन्धी समस्या छ । गाइडको गतिविधिमा सक्रियता हुनु आवश्यक देखिन्छ । ग्यालरीमा रहेको लाइटिङको ब्यबस्थामा पनि समस्या छ । त्यस्तै सबै बार संग्रहालय खुल्ला हुनु नित्तान्त जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्