| सोमवार, कार्तिक २३, २०८३

बराम भाषा, संस्कृति, भेषभुषाको संरक्षण गरौँ

बराम समुदायको उद्गम गोरखा हो भनिन्छ । गोरखाको पनि बारपाक सुलीकोट गाउँपालिका ६ डाँडागाउँ हो भनिन्छ । त्यहाँ करिब १५० घर धुरी बराम समुदायको बसोबास छ ।
बारपाक सुलीकोट, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकामा बराम समुदायको बसोबास रहेको छ । जहाँ बसोबास गरेका भए पनि उनीहरु थर परिवर्तन गरी कसैले आफूलाई मगर, कसैले गुरुङ बनाएका छन् । यसका कारण भावी सन्ततिलाई अथाह समस्या परिरहेको छ ।
उनीहरुले आफ्नो भाषा जानेका छैनन्, गुरुङ बस्ती आसपास बस्ने उनीहरुले बरु गुरुङ भाषा मज्जाले बोल्छन्, तर आफ्नो भाषा बोल्दैनन् । डाँडागाउँ जसलाई बराम समुदायको उद्गमस्थल भनिन्छ, त्यहाँ पनि बराम भाषा बोल्दैनन् । ५० बर्षभन्दा माथिका वृद्धवृद्धाहरु बराम भाषा जान्दछन्, तर नयाँ पुस्ताले भाषा बुझ्दैनन्, बोल्दैनन् । बराम समुदायको पोशाक पनि ६, ७ थान सिलाएर राखेका छन् । मेला, महोत्सवका बेला बाहेक पोशाक पनि कसैले लगाउँदैनन् ।
भाषा, संस्कार, संस्कृति हराउँदै गएको बारे केहीहरु चिन्तित देखिन्छन्, तर संरक्षणका लागि घनिभूत रुपमा लागेको देखिदैन । अघिल्लो बर्ष गाउँपालिकाको सहायोगमा भाषा आयोग, जनजाति महासंघ, बराम संघ सबैको समन्वयमा भाषाको कक्षा सञ्चालन गरिएको थियो । यसले केही विकास भएको थियो । सो कार्यक्रम यस बर्ष पनि भएमा, आगमि दिनमा पनि भएमा भाषा संरक्षण हुनेछ । गुगल, युटुबहरुमा पनि भाषा राखिदिएमा नयाँ पुस्ताले त्यहीँबाट सिक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्