| सोमवार, भदौ १, २०८३

लापुका आमा समूहले हालसालै दिएको सन्देश

 

तिहार बितिहार जुवा खेल्ने पुरुषहरुले हैरान पारेपछि लापुका महिलाहरु एउटा निश्कर्षमा पुगे, अब जुवातास खेल गाउँमा निषेध गर्ने ।

धार्चे गाउँपालिका ७ लापुको स्वास्थ्य सुनौलो बिहानी नामको आमा समूहले जुवा तास खेल्ने र खेल्ने ठाउँ दिने सबैलाई कारबाही गर्ने निर्णय गरेको छ ।
महिला प्राय घरको, परको काममा ब्यस्त हुने तर पुरुष खेलेर डुलेर हिड्ने गरेकोप्रति आमा समूह आक्रोशित थिए । घर समहाल्ने दायित्व महिला पुरुष दुवैको समान हो । महिलाले घरभित्रको काम गर्ने, पुरुषले बाहिरफेरको काम गर्ने र परिबारलाई सदृढ र संवद्ध बनाउनु पर्नेमा पुरुषहरु खेलेर, हल्लेर, डुलेर हिड्ने तर महिलाहरु घरभित्रको, बाहिरको सबै काम भ्याउनु पर्ने बिभेदमा हाम्रो समाज जकडिएको छ ।

यसकै बिद्रोह हो, लापुको आमा समूहको निर्णय । त्यसलाई नमूनाको रुपमा लिएर अरु गाउँले पनि देखासिकी गर्नु उचित हुन्छ । राम्रा कुरा जसको सिको गर्दा पनि हुन्छ । नराम्रो काम जतिसुकै ठूलो ब्यक्तिको पनि देखासिकी गर्नु हुदैन ।

लापुका आमा समूहले तास खेल्नेलाई पाँच हजारका दरले तर तास खेलाउनेलाई १० हजारका दरले जरिबाना गर्ने निर्णय गरेको छ । यहाँ खेल्ने र खेलाउने दुबैको जगजगी छ । यो निर्णयले जुवा तास खेलाउने हरु पनि तिरुत्साहित हुनेछन् । आमा समूहले ज्यादै वुद्धि पु¥याएर निर्णय गरेका हुन् ।

जहाँ इच्छा, त्यहाँ उपाय भने झै त्यहाँको आबश्यकताले जन्माएको समाधानको उपाय हो यो । यदि अरु गाउँहरु पनि यस्तै खाले समस्या ग्रस्त छन् भने यसरी नै निर्णय गरेर कारबाही प्रक्रिया अघि बढाउनु पर्छ ।

निर्णय गर्नु मात्र ठूलो कुरा होइन, अनुगमन गर्नु, निर्णय कार्यान्वयन गराउनु ठूलो कुरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्