| सोमवार, कार्तिक २३, २०८३

(सम्पादकीय)आरुघाट गाउँपालिकाबाट सिकौं

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत धेरै ठाउँका कार्यक्रम उपाहासको पात्र बने ।
चौरको झार उखेल्ने, नालीको प्लास्टिक टिप्ने गरेर कार्यक्रमको पैसा स्वाहा गरिरहेका बेला आरुघाट गाउँपालिकाले भने पुरातात्विक, सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने कार्यक्रम गर्यो ।
देखिने काम भयो, प्रसंसनीय काम भयो । यसको लाभ सर्वसाधारणले समेत पाए ।
अन्य स्थानीय तहमा सो कार्यक्रमले कामदारले मात्र लाभ पाउने खालको कार्यक्रम भएको थियो ।
आरुघाट गाउँपालिकाले प्रत्येक वडामा दुई(दुई वटाका दरले चौतारा निर्माणको काम गरेकोछ ।
कुनै वडामा मर्मत र कुनै वडामा नयाँ चौतारा निर्माण गरेर आरुघाट गाउँपालिकाले सर्वसाधारणको प्रसंशा कमाएको छ ।
अन्यत्र जसोतसो बजेट सक्ने कार्यक्रम गरेर आलोचना कमाएका छन् ।
बजेट सक्नु ठूलो कुरा होइन, तर दीगो हुने काम, देखिने काम, प्रसंसनीय कामको योजना बनाउन सक्नु महानता हो ।

प्रतिक्रिया दिनुहोस्