| सोमवार, कार्तिक २३, २०८३

बारकिलो छेपेटार सडकमा बिकल्प दिएर मात्र सडक मर्मत गर्न सुरु गर

आइतबार छेपेटारका सेन्ट मेरिज र सेण्ट जोसेफ पढ्ने विद्यार्थी बालबालिका कुखुरा बोक्ने गाडी चढेर विद्यालय गए ।
कुखुरा बोक्ने गाडीको गन्ध, प्वाँखको फोहोर, सुलसुले लगायतका किरा सामना गर्दै उनीहरु विद्यालय पुगे । एक स्थानीयले खिचेको सो सम्बन्धी फोटोले आइतबार दिनभर चर्चा पायो ।
बाह्रकिलोदेखि छपेटारसम्म जाने सडक भत्काएर कालोपत्रे गर्न थालेपछि सो सडकमा बस गुड्न छाडेकाले विद्यार्थीले सास्ती भोग्नु परेको हो । अनलाइन र सामाजिक सञ्जालमा फोटो आएपछि कतिपयले गाडीले त्यति भने पनि सेवा दिएकोमा प्रसंसा गरे ।
अधिकांशले भने बर्खा याममा सडक भत्काएर यात्रुको बिचल्ली पारेकोतर्फ आलोचना गरेका थिए । सडक मर्मतको लागि ठेक्का लागेको छ । सडक भत्काएर मर्मत गर्नु स्वभाविक हो, तर दुई नंबर क्षेत्रतर्फ जाने मूलद्वार भएको बिकल्प दिएर मात्र सडक मर्मत गर्नुपथ्र्यो, तर बाटो भत्काएर यात्रुलाई पसारो पार्ने काम भएको छ ।
बारकिलो, छेपेटार, भालुस्वाँरा बारपाक सडक योजना कार्यालयले बैकल्पिक बाटोको व्यबस्था गरिदिनु पर्छ । तेह्रकिलोबाट सिर्दी खोलासम्म झर्ने बाटोमा ग्राभेल छरेर वा अन्य बिकल्प खोजेर दैनिक त्यति धेरै यात्रु बाहक बस चल्ने बाटोमा गाडी चल्न दिनुपर्छ ।
छपेटार, चोरकाटेदेखि सेण्ट मेरिज, सेण्ट जोसेफ लगायतका विद्यालयमा जाने दैनिक सयौं विद्यार्थी सो सडकबाट आवतजावत गर्छन् । उनीहरुले फेरि पनि सो सडकमा आइतबारको जस्तो बिडम्बना भोग्नु हुदैन । यसबारेमा सम्बन्धित सबै निकायको ध्यान पुग्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्