| मङ्लबार, भदौ १, २०८३

तरकारी र फलफूलमा विषाक्त झोल र धूलो प्रयोग घट्नु सुखद समाचार

तरकारी र फलफुलमा यति धेरै विशाक्त किटनाशक औषधी प्रयोग हुन्छन् कि, यस्ता फलफूल तरकारी खाएर सर्वसाधारण उपभोक्ता काल निम्त्याइरहेका छन् भन्ने अनुभूति हुन्छ । विशाक्त सुई लगाएर फलफूल तरकारीलाई हेरिरहुँ जस्तो लाग्ने खालको बनाइन्छ । यस्ता तरकारी फलफूल खानका लागि होइन, हेर्नका लागि मात्रै योग्य हुन्छन् । बजारमा पाइने ९० प्रतिशत तरकारी, फलफूल बिषाक्त छन् । ढुक्क भएर खान पाइने अबस्था छैन । यो दुखद छ ।

तर गोरखामा बिगत दुई बर्षको तरकारी तथा फलफूलको उपचार पद्धति विश्लेषण गर्दा विषाक्त झोल र धुलोको प्रयोग घट्दै गएको पाइएको छ । र्आिर्थक बर्ष २०७४÷७५ मा यस्ता किटनाशक बिषादी २३ सय ८० लिटर प्रयोग भएका थिए । आर्थिकबर्ष २०७५÷०७६ मा यो तथ्यांकमा हेरफेर भएको छ । यो बेला विषादीको प्रयोगको दर घटेर १७ सय ९० लिटर भएको छ ।

उपभोक्ता सचेत भएका कारण यस्तो भएको हुनुपर्छ । सकेसम्म आफ्नै बारीमा, नसके पनि जहाँ खेति गरिएको छ, त्यहाँ जैविक औषधीहरुको प्रयाग गर्नुपर्छ भन्ने उपभोक्ताले बुझ्न थालेका छन् ।

अब स्थानीय सरकारले पनि किटनाशक विषादीको प्रयोग घटाउनका लागि कार्यक्रम गर्नुपर्छ । सरकारलाई सघाउन आएका एनजीओ, आइएनजीओहरुले यस्ता सकारात्मक पहललाई प्रवद्र्धन गर्नुपर्छ । संघ सरकार, प्रदेश सरकारले पनि जैविक खेती प्रवद्र्धनका लागि सहायता गर्नुपर्छ । मानव स्वास्थ्य भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । त्यसैले सबैको चासोको क्षेत्रमा सकारात्मक पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्