उत्तरी गोरखालाई फेरि अर्को आश्वासन झुठा नहोओस्
गण्डकी प्रदेश सरकारले उत्तरी गोरखालाई फिल्मसिटी र स्याउको पकेट क्षेत्र बनाउने नीति लिएको छ ।
शुक्रबार प्रदेश प्रमुख बाबुराम कुँबरले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उत्तरी गोरखालाई स्याउको पकेट क्षेत्र र फिल्मसिटी बनाउने कार्यक्रम सार्बजानिक गरिएको हो ।
उत्तरी गोरखामा मोटरबाटो पुग्न सकेको छैन । मोटरबाटो त परको कुरा, पैदल बाटो पनि भीरबाट खस्ने ढुंगा छल्दै हिड्नु पर्छ । पहिरोको बाटो भीर हेर्दै कुद्नु पर्ने अबस्था छ ।
विकास निर्माणका लागि सामग्री पनि हेलिकोप्टरबाट ढुवानी गर्नु पर्ने अबस्था छ । उनीहरुको सबैभन्दा ठूलो सेवा भनेको नै सुरक्षित बाटो निर्माण गरिदिनु हो ।
अघिल्लो बर्ष सो क्षेत्रमा सडक निर्माणका लागि छ करोड रुपियाँ बिनियोजन भयो । सो बजेटबाट जम्मा ३० किलोमिटर सर्भेको काम मात्र भएको थियो । त्यति कामले छ करोड सकियो कि वा थप काम गर्न बाँकी छ, जानकारी छैन ।
तर सरकारले आधारभूत आवश्यकताको कुरा छाडेर यो बर्ष फिल्म सिटीको कुरा ल्याएको छ । अबधारणा आफैमा नराम्रो होइन, तर सो अवधारणा धरातलीय यथार्थसंग मिल्दैन ।
स्याउ खेती बास्तविकतासंग मेल खान्छ । तर सडक नपुगेको ठाउँलाई फिल्म सिटी कसरी बनाउने ? कि गफ मात्र हो ? गफ पनि अलि पत्याउने लाउनु पर्छ ।
भविष्यमा असम्भव भन्ने केही कुरा छैन तर आउँदो आर्थिक बर्षमा यो कार्यक्रम कसरी सम्भव होला ? हेर्ने बेला भएको छ ।




