| आइतवार, कार्तिक २२, २०८३

निर्माण ब्यवसायीको निर्णय आत्मघाती

निर्माण व्यबसायी संघले सरकारी कामको ठेक्का नलिने निर्णय गरेको छ । केन्द्रको निर्णय अवलम्बन गर्दै गोरखा तथा अन्य जिल्लाहरुले पनि सरकारी ठेक्काको काम नगर्ने निर्णय गरेका छन् ।

अहिले आर्थिक बर्षको अन्तिम समय आएको छ । धेरै सरकारी ठेक्काको काम सञ्चालन भइरहेका छन् ।

यो बेला यदि निर्माण व्यबसायीले सरकारी निर्माणको काम गरेनन् भने डामाडोल हुने अबस्था छ । त्यही अप्ठेरो समयमा आएर निर्माण व्यवसायीले अड्को थापेका हुन् ।

ठेक्का लिने बेला धेरै खेल हुने गर्छ । ठेक्काको काम लिनका लागि आग्रह, अनुरोध, प्रलोभन, प्रलोभन जस्ता धेरै खेलहरु भएका घटना हामीमाझ ताजा छन् ।

तर अप्ठ्यारोमा आएपछि काम रोक्ने, काम नगर्ने जस्ता निर्णयले विकास निर्माणको काम प्रभावित पार्न खोजिएको छ । यो कदम विकासका लागि घातक छ, निर्माण व्यबसायी स्वयंका लागि पनि घातक छ ।

निर्णय गरेपछि कार्यान्वयन गर्न सकिने खालको हुनुपर्छ । देशको निर्माणको जिम्मा लिने निर्माण व्यवसायीले केही डिमाण्डका लागि कच्चा निर्णय गर्न सुहाउँदैन । यदि निर्णय कार्यान्वयन भयो भने देशको निर्माणको काम अलपत्र हुन्छ ।

त्यसैले निर्णय कार्यान्वयन गर्न कठिन छ । यदि निर्णय कार्यान्वयन भएन भने निर्माण व्यबसायी संघ फितलो देखिन्छ । त्यसैले निर्णय गर्नुपूर्व सोच्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्