सेनिटरी प्याड बनाउन सिकाऊ
र्आिर्थक बर्ष २०७६÷०७७ को बजेट बक्तव्यमा सरकारले सबै विद्यालयका छात्राहरुलाई सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम सार्वजनिक भएको छ । महिनावारीका कारण कक्षा छोड्ने दर घटाउन सरकारले लिएको यो नीति एक हदसम्म सकारात्मक छ ।
वितरणमुखी बजेटमा एउटा नयाँ बस्तु थप भएको न हो, तर यसका नकारात्मक पक्षहरु पनि छन् । आलोचनाका लागि आलोचना गर्नु अर्थहीन हुन्छ तर बास्तविकता के हो भने वितरण गरेर परनिर्भर बनाउनु भन्दा गुणस्तरीय घरेलु प्याड निर्माण निर्माण गर्न सिकायो भने सरकारलाई आर्थिक भार कम हुनेछ, विद्यालय छोडेपछि पनि उनीहरु सोका लागि आत्मनिर्भर हुन्छन् ।
अथवा उनीहरुको यही सीप विद्यालय उमेरपछि रोजगारीका लागि प्रयोग हुनसक्छ । माछा बाँड्ने कि माछा मार्न सिकाउने भन्ने सिद्धान्त यसमा पनि लागु हुन्छ । सरकारले जस्तो नीति लिए पनि त्यसका लागि स्थानीय तह वा विद्यालय आफैले पनि यस्ता कार्यक्रम लागु गर्न सक्छ ।
डाक्टर अरुणा उप्रेतीले लेखेकी छन् ः यदि एउटा प्याडको सरदर सय रुपियाँ प¥यो भने, एक महिनामा प्रजनन उमेरका झण्डै ५० लाख नेपाली महिला र युवतीले एउटा प्याड प्रयोग गरे महिनामा झण्डै ५० करोड अर्थात बर्षभरिमा झण्डै ६ अर्बको प्याड प्रयोग हुन्छ । यदि सरकारले भ्याट र कर नलगाउने भनेर प्याड बनाउने प्रक्रिया महिला समूहलाई दिए बर्षमा कति धेरै पैसा बच्थ्यो ? घरेलु प्याड बनाउन र प्रयोग गर्न पनि सजिलो हुन्छ र यसले महिना ब्यबस्थापन पनि सजिलो हुन्छ । त्यसैले घरेलु प्याड बनाउनका लागि स्थानीय सरकारले कार्यक्रम बनाउनु धेरै उचित हुन्छ ।




