| आइतवार, कार्तिक २२, २०८३

सबैले गरे यस्तै नमूना काम, संवृद्धि टाढा छैन

नेपाल सरकारको सहसचिव पदमा कार्यरत खेमराज भट्टराई सचिव हुनेवाला थिए । दुई बर्ष क्यानडाको युनिभर्सिटीमा प्राध्यापन समेत गरेका भट्टराईले देश र विदेशको सान र मान छाडेर अहिले गोरखाको एउटा नव क्षेत्रको धुलोमाटोमा खेल्न आएका छन् । दुई ठाउँमा गरी झण्डै दुईसय रोपनी जग्गामा ८५ प्रकारका जडिबुटी लगाएका छन् । उनका अनुसार चार करोड रुपियाँको लागतमा निर्माण गरिएको गोरखा अर्गानिक आयुर्वेदिक कम्पनीले अब पाँच बर्षमा यसले आम्दानी दिनेछ । सुरुको चरणमा आम्दानी धेरै आउला, थोरै आउला तपसीलका कुरा तर नयाँ काम थालनी भएको छ । व्यबसायिक रुपमा खेती प्रणाली सुरु भएको छ ।

उनले अरु २० जनालाई गाउँमै रोजगारी दिएका छन् ।


सुखसयलपूर्ण जीवन बिताउन गाह्रो छैन । तर यस्ता उदाहरणीय काम गर्न सर्वत्र जटिलता छ । नेपाल जस्तो अल्पविकसित मुलुकले जडिबुटी खेतीको बारेमा ऐन, कानून, नियमावली केही बनाएको छैन । जसले लगानी बढाउने, युवा स्वरोजगार हुने, जडिबुटीमा मुलुक आत्मनिर्भर गराउने अभियानमा सहयोग गरी अरुलाई पनि यस्ता अभियानमा सामेल गराउनु पर्नेमा सरकारले चासो दिएको छैन ।
अनुदान सबै आफ्नालाई वितरण हुन्छ, । कृषि मल, कृषिचुनको हाहाकार हुन्छ । यस्ता ब्यबधान अनगिन्ती छन् जसलाई सरकारले सहजीकरण गर्नुपर्छ । कृषकमैत्री नियम कानून बनाउनु पर्छ । अहिलेसम्म सरकार जडिबुटीको बिषयमा अनभिज्ञ नै छ । सरकारले यस क्षेत्रमा अध्ययन गरी दीगो विकासका लागि जडिबुटी व्यबसाय उत्तम हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्