| आइतवार, कार्तिक २२, २०८३

कर्मचारी अभावले स्थानीय तहलाई अप्ठ्यारो

कर्मचारी समायोजनका कारण गोरखाका धेरै स्थानीय तह कर्मचारी बिहिन बन्न पुगेको छ । बारपाक सुलीकोट गाउँपालिका त्यसको एउटा ज्वलन्त उदाहरण हो ।
स्थानीय तह अहिले आर्थिक बर्षको अन्तिम चरणमा आइपुगेको छ । त्यसैले अहिले धमाधम पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुग्दैछन् । अन्य सफ्टवेयरका कार्यक्रम पनि अन्तिम चरणमा पुग्दैछन् । बिनियोजित बजेट खर्च हुन सकेन भने पहिलो असर त स्थानीयबासीलाई नै पर्छ । जसले गर्दा आफ्नो ठाउँ र मुलुक संवृद्धि हुन सक्दैन । दोस्रो असर स्थानीय सरकारलाई पर्छ । बिनियोजित बजेट खर्च हुन सकेन भने स्थानीय सरकारको कार्य क्षमतामाथि प्रश्नचिन्ह उठ्छ । तेस्रो असर कर्मचारीलाई पर्छ । जसले गर्दा उनीहरुको कार्यक्षमतामाथि प्रश्नचिन्ह उठ्छ ।
अहिले कर्मचारी समायोजनको मेलो उत्तरार्धमा पुगेको अबस्था छ । अधिकांश कर्मचारीले संघ रोजेको र अवैज्ञानिक तरिकाले समायोजन गर्दा कर्मचारीहरु संघमा थुप्रिएका छन् । प्रदेस र स्थानीय तहलाई संकट परेको छ ।
आर्थिक बर्ष सकिन लाग्दा कर्मचारी अभावका कारण अधिकांश स्थानीय तहमा काम अलपत्र छन् । योजना स्टमेट गर्ने प्राबिधिक जनशक्ति पनि छैन ।
काम गरेको अनुगमन गर्ने जनशक्ति, बिल पास गर्ने, भुक्तानी दिने कर्मचारी पनि अभाव छन् । जसले गर्दा विकासका काम प्रत्यक्ष प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्